१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले पनि राहतको छाप लागेको निर्माण समाग्री विक्री हुन नसक्ने दाबी गरेका छन् ।
अर्थमन्त्री महतका सहयोगी रमेश महतले नुवाकोटको कविलासका विभिन्न विद्यालयका लागि आएको जस्तातापा काठमाडौं पठाउन लागेको भन्दै स्थानीयबासीले छहरेमा ट्रकसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
तर, अर्थमन्त्री महतले भने ट्वीट गर्दै भनेका छन्-‘रिलिफको छाप लागेको निर्माण समाग्री कहाँ र कसरी बिक्री हुन सक्छ ? बास्तविकता नबुझी चरित्र हत्याको प्रयास नगरौं ।’
@neildkl Relief कोछाप लागेको निर्माण सामग्री कहाँ र कसरी बिक्री हुन सक्छ? बास्तबिकता नबुझी चरित्र हत्याको प्रयास नगरौं।
— Ram Sharan Mahat (@ramsmahat) May 30, 2015
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4