+
+
Shares

‘मिस ग्रान्ड नेपाल’ को उपाधि त्याग्ने जेसिकाको घोषणा, भएको के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सौन्दर्य प्रतियोगिता 'मिस ग्रान्ड नेपाल २०२५' विजेता जेसिका सिंह ठकुरीले उपाधि त्यागेको घोषणा गरेकी छन्।
  • उनले व्यक्तिगत गरिमा, मूल्य र आत्मसम्मान जोगाउन यस्तो निर्णय लिनुपरेको बताएकी छन्।
  • ठकुरीले दुव्र्यवहार, धम्की र मानसिक दबाबका कारण आफ्नो राजीनामा दिएको उल्लेख गरेकी छन्।

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल २०२५’ विजेता जेसिका सिंह ठकुरीले उपाधि त्यागेको घोषणा गरेकी छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै उनले व्यक्तिगत गरिमा, मूल्य र आत्मसम्मान जोगाउन यस्तो निर्णय लिनुपरेको बताएकी हुन् ।

उनले उपाधि जित्नु आफ्नो जीवनको अत्यन्त गौरवपूर्ण क्षण भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्न पाएको अवसरप्रति कृतज्ञता व्यक्त गरेकी छन् । तर राष्ट्रिय आयोजक संस्थासँगको अनुभव भने अत्यन्त पीडादायी र कठिन रहेको उनको दाबी छ ।

ठकुरीका अनुसार आफ्नो कार्यकालभर दुव्र्यवहार, धम्की र निरन्तर मानसिक दबाबको सामना गर्नुपरेको थियो, जसले मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर पारेको उनले बताएकी छन् । लामो समयसम्म सुधारको आशामा मौन बसे पनि अन्ततः आफ्नो शान्ति र आत्मसम्मानभन्दा ठूलो कुनै पनि उपाधि नहुने निष्कर्षमा पुगेर राजीनामा दिएको उनको भनाइ छ ।

उनले छिट्टै विस्तृत भिडियो सार्वजनिक गर्दै आफ्नो सम्पूर्ण अनुभव र राजीनामाका कारणहरू विस्तारमा साझा गर्ने जानकारी पनि दिएकी छन् । साथै, आफूलाई साथ र विश्वास गर्ने सबै समर्थकप्रति आभार व्यक्त गर्दै अब शक्ति, स्वास्थ्य र आत्मसम्मानलाई प्राथमिकता दिँदै अगाडि बढ्ने उल्लेख गरेकी छन् ।

उनको राजीनामाबारे आयोजक संस्थाको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?