Comments Add Comment

खुत्रुकेमा संकलन भएको रकम भूकम्पपीडितलाई

Khutruke

१८ जेठ, काठमाडौं । खुत्रुकेमा बचत गरेर राखेको रकम संकलन गरेर तीन जना बालकले भूकम्प पीडितलाई सहयोग गरेका छन् ।

काठमाडौंको आलोक विद्याश्रमका सोनाम शेर्पा तथा उनका साथीहरु अबिस बराल र कर्मा लामाले आफ्नो खुत्रुके फोरेर त्यसबाट संकलित २५ हजार रुपैयाँ भूकम्पपीडित बालबालिकालाई प्रदान गरेका छन् ।

उनीहरुले बौद्धस्थित चुच्चेपाटीको शिविरमा रहेका पीडित बालबालिकाहरुलाई कापी, कलम, खेलौना, कमिक्स बुक्सलगायतका सामान वितरण गरेका छन् ।

त्यस्तै उनीहरुले बालबालिकाको अनुहारमा खुसी ल्याउन कलाकार मनोज गजुरेल र भरतमणी पौडेलको सहयोग लिएर विभिन्न हास्य शृखंला सुनाएर मनोरञ्जन प्रदान गराएका थिए ।

साना उमेरका बालकहरुले पीडितहरुलाई गरेको सहयोगको पीडितहरुले प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment