पुष्प दुलाल
१९ जेठ, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म ३० वटा वाणिज्य बैंकहरुले २० अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
नौ महिना अघि अर्थात् २०७१ असार मसान्तमा बैंकहरुले १८ अर्ब ५७ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । त्यसैगरी, असोजमा ४ अर्ब ३१ करोड रुपैयाँ र पुस मसान्तमा १० अर्ब ९४ करोड ५३ लाख रुपैयाँ नाफा कमाएका थिए ।
सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकले कमाएको छ । यो बैंकले ४ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको छ । यो बैंकले इन्भेष्टमेन्ट बैंकमा रहेको ३ अर्ब रुपैयाँको सेयर बिक्री गरेपछि बढी नाफा कमाएको हो ।
धेरै नाफा कमाउने बैंकहरुको सूचीमा दोस्रो स्थानमा नबिल बैंक छ । यो बैंकले ९ महिनामा १ अर्ब ६१ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको छ ।
धेरै नाफा कमाउने बैंकहरुको सूचीमा तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक छ । यो बैंकले ९ महिनामा १ अर्ब ५२ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यसैगरी, १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ नाफा कमाउँदै एभरेष्ट बैंक धेरै नाफा कमाउने बैंकहरुको सूचीमा चौथो स्थानमा परेको छ । १ अर्ब १ करोड १३ लाख रुपैयाँ नाफा कमाएर सरकारी स्वामित्वको कृषि विकास बैंक धेरै नाफा कमाउने बैंकहरुको सूचीमा पाँचौं स्थानमा छ ।
त्यसैगरी ९५ करोड ७५ लाख रुपैयाँ कमाएर स्टान्डर्ड चार्टर्ड छैठौं स्थानमा परेको छ भने ९० करोड १५ लाख रुपैयाँ कमाएर हिमालयन बैंक सातौं स्थानमा छ ।
त्यस्तै ८२ करोड ७९ लाख रुपैयाँ कमाएर नेपाल एसबीआई बैंक आठौं स्थानमा परेको छ । ८० करोड ९६ लाख रुपैयाँ कमाएर ग्लोबल आइएमई बैंक नवौं स्थानमा परेको छ भने ६९ करोड ४४ लाख रुपैयाँ कमाएर प्रभू बैंक धेरै नाफा कमाउने बैंकहरुको सूचीमा दशौं स्थानमा परेको छ ।
ग्राण्ड बैंक घाटामा
यस अवधिमा ग्राण्ड बैंक भने ५ करोड ५७ लाख रुपैयाँ घाटामा छ । सञ्चालनमा रहेका ३० वाणिज्य बैंकहरुमध्ये चैत मसान्तमा घाटामा गएको बैंक ग्राण्ड मात्रै हो ।
वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम नाफा कमाउने बैंकको सूचीमा जनता बैंक परेको छ ।
कुन बैंकको नाफा कति ?
नौ महिनामा जनताले १३ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, सेञ्चुरीले १६ करोड ३० लाख र सिभिल बैंकले १९ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
त्यसैगरी, एनआइसी एसिया बैंकले ५७ करोड ४७ लाख, प्राइम बैंकले ५५ करोड ३४ लाख र सिद्धार्थ बैंकले ५४ करोड ५८ लाख रुपैयाँ नाफा कमाएका छन् ।
एनबी बैंकले ५१ करोड ३० लाख, बैंक अफ काठमाण्डूले ४८ करोड ४ लाख, सिटिजन बैंकले ४५ करोड ७८ लाख र माछापुच्छ्रेले ४४ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
त्यस्तै, सानिमा बैंकले ४२ करोड, एनएमबी बैंकले ४० करोड, नेपाल बैंकले ३६ करोड, एनसीसीले ३३ करोड १९ लाख र सनराइजले ३३ करोड ७२ लाख रुपैयाँ नाफा कमाएका छन् ।
मेगा बैंकले २६ करोड ७० लाख रुपैयाँ, कुमारी बैंकले २५ करोड रुपैयाँ, लुम्बिनी बैंकले २४ करोड ६७ लाख रुपैयाँ र लक्ष्मी बैंकले २४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
बैंक | खुद नाफा ०७१ चैत मसान्त (रू.हजारमा) |
---|---|
राष्ट्रिय वाणिज्य बैंक | ४०६१३१८ |
नबिल | १६१९७७५ |
इन्भेष्टमेन्ट | १५२७९२२ |
एभरेष्ट | ११९३८८५ |
कृषि विकास बैंक | १०११३८७ |
स्टान्डर्ड चार्टर्ड | ९५७५८२ |
हिमालयन | ९०१५१६ |
एसबिअर्इ | ८२७९४५ |
ग्लोबल | ८०९६४४ |
प्रभू बैंक | ६९४४४८ |
एनअइसी एसिया | ५७४७६० |
प्राइम | ५५३४४२ |
सिद्दार्थ बैंक | ५४५८६७ |
एनबी | ५१३०८१ |
बीअके | ४८०४२१ |
सिटिजन | ४५७८८३ |
माछापुच्छ्रे | ४४०१८७ |
सानिमा | ४२३२१० |
एनएमबी | ४००५०४ |
नेपाल बैंक | ३६०६५८ |
एनसीसी | ३३१९९३ |
सनराइज | ३३७२३९ |
मेगा | २६७०७७ |
कुमारी | २५१३४७ |
लुम्बीनी | २४६७८२ |
सिभिल | १९०५४७ |
सेञ्चुरी | १६३०८८ |
जनता | १३४६४१ |
लक्ष्मी | २४००३३ |
ग्रान्ड | (५९७६८) |
कूल | २०४५८४१४ |