Comments Add Comment

ताइवानका समाजसेवीद्वारा पत्रकारलाई सहयोग घोषणा

२५ जेठ, काठमाडौ । जनवादी गणतन्त्र चीनको ताइवानका समाजसेवी चाउ मिन रिनले नेपालका भूकम्पपीडित पत्रकारलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

समाजसेवी चाउ मिनले काठमाडौं भ्रमणका क्रममा नेपाल सञ्चार मञ्चमार्फत पत्रकारहरुको बसोबासका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।

रिनले पहिलो चरणमा दुई दर्जन पत्रकारलाई सहयोग गर्ने बचन दिएको मञ्चका महासचिव पर्शुराम काफ्लेले जानकारी दिए । रिनले तत्काल दुई बण्डलका दरले पीडित प्रतिपत्रकार जस्तापाता दिनेछन् । उनले चरणबद्धरुपमा अन्य नेपाली पत्रकारलाई पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाएका छन् ।

भूकम्पपीडित नेपाली पत्रकारलाई चीन र ताइवानका अन्य समाजसेवीले पनि सहयोग गर्न चाहेकाले त्यसबारे स्वदेश फर्किएपछि आफूले केही प्रयास गर्ने उनले बताए । ठमेलमा सोमबार आयोजित कार्यक्रममा रिनले सञ्चार मञ्चलाई २० जना पत्रकारका लागि दिने जस्तापाताको कुपनसमेत हस्तान्तरण गरेका छन् ।

मञ्चका अध्यक्ष निरन्जन ओझाले भूकम्पबाट एक हजार भन्दा बढी पत्रकारको घर क्षति भएको र बस्ने अवस्था नरहेको उल्लेख गर्दै यसका लागि थप सहयोग गर्न रिनसँग अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment