+
+

भूकम्पको असर कुन क्षेत्रमा कस्तो ?

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २५ गते १८:४८

nepali economy

२५ जेठ, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले १५ वटा क्षेत्र छुट्याएर सार्वजनिक गरेको नयाँ तथ्यांकमा १३ वटा क्षेत्रको वृद्धि दरमा भूकम्पले असर गर्ने उल्लेख छ । स्वास्थ्यको सूचक केही बढ्ने र सार्वजनिक प्रशासनको सूचक स्थिर रहने अनुमान छ ।

कृषि तथा वन

भूकम्प नआएको भए कृषि तथा वन क्षेत्रको वृद्धिदर २.१७ प्रतिशत रहने अनुमान गरिएकोमा भूकम्पपछि यो क्षेत्रको वृद्धिदर १.७९ प्रतिशतले मात्रै हुने अनुमान गरिएको छ ।

मत्स्यपालन

भूकम्पअघि मत्स्यपालन क्षेत्रको वृद्धिदर ६.३२ प्रतिशतले हुने अनुमान गरिएकोमा भूकम्पपछि यो आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर ६.३१ प्रतिशत मात्रै हुने विभागको अनुमान छ ।

खानी तथा उत्खनन्

भूकम्प नआएको भए ४.२८ प्रतिशत रहने अनुमान गरिएको खानी तथा उत्पादन क्षेत्रको वृद्धिदर भूकम्पका कारण यो आर्थिक वर्षमा ०.८६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरिएको छ ।

उद्योग

भूकम्प नआएको भए यो आर्थिक वर्षमा ४.५५ प्रतिशतको वृद्धदर हुने प्रक्षेपण गरिएको उद्योग क्षेत्र भूकम्पका कारण २.३५ प्रतिशत मात्रै वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

बिजुली, ग्याँस तथा पानी

भूकम्प नआएको भए यो आवमा १.१७ प्रतिशतले वृद्धि हुने अनुमान थरिएको विद्युत, ग्याँस तथा पानी क्षेत्र भूकम्पका कारण १.१६ प्रतिशत मात्रै वृद्धि हुने प्रक्षेपण छ ।

निर्माण

भूकम्प आउनुअघि ५.८९ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको निर्माण क्षेत्रको यो आर्थिक वर्षको वृद्धिदर भूकम्पपछि भने ३.५६ प्रतिशतले मात्रै बढ्ने प्रक्षेपण गरिएको छ ।

थोक तथा खुद्रा व्यापार

भूकम्प आउनुअघि ५.५९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको थोक तथा खुद्रा व्यापार क्षेत्रको यस आवको सूचक भूकम्पपछि भने ३.४३ प्रतिशतले मात्रै बढ्ने प्रक्षेपण गरिएको छ ।

होटल तथा रेस्टुराँ

भूकम्प आउनुअघि ६.६० प्रतिशतले बढ्ने अनुमान गरिएको यो क्षेत्रको सूचक यस भूकम्पका काण यस आवमा ३.९८ प्रतिशत मात्रै बढ्ने भएको छ ।

सञ्चार, यातायात तथा भण्डारण

भूकम्प आउनुअघि ७.८८ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको यस क्षेत्रको सूचक भूकम्पका कारण यो आवमा ५.२३ प्रतिशतले मात्रै बढ्ने प्रक्षेपण गरिएको छ ।

वित्तीय मध्यस्थता

भूकम्प आउनुअघि २.१७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको वित्तीय मध्यस्थता क्षेत्रको सूचकांक भूकम्पका कारण यस आवमा १.३७ प्रतिशत मात्रै हुने प्रक्षेपण छ ।

घरजग्गा क्षेत्र

भूकम्प आउनुअघि ४.८६ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको घरजग्गा क्षेत्रको सूचक भूकम्पका कारण यस आवमा ०.७७ प्रतिशतले मात्रै बढ्ने प्रक्षेपण छ ।

सार्वजनिक प्रशासन

यो क्षेत्रको सूचकांकको वृद्धिदर भने भूकम्पअघि र पछि बराबर हुने प्रक्षेपण गरिएको छ । यस आवमा यो क्षेत्रको वृद्धिदर ५.७६ प्रतिशतले हुने प्रक्षेपण छ ।

शिक्षा

भूकम्पअघि ६.४७ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको शिक्षा क्षेत्रको सूचकांक भूकम्पका कारण यर आवमा ४.९७ प्रतिशत मात्रै हुने प्रक्षेपण गरिएको छ ।

स्वास्थ्य

भूकम्पअघि ९.८ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको स्वास्थ्य क्षेत्रको सूचकांक भूकम्पपछि बढेर यो आवमा १०.०४ प्रतिशत हुने प्रक्षेपण छ ।

अन्य क्षेत्र

भूकम्पअघि ६.०७ प्रतिशत हुने प्रक्षेपण गरिएकोमा भूकम्पका कारण यस आर्थिक वर्षमा यो क्षेत्रको सूचकांक ५.३३ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

यो पनि पढ्नुस्

भूकम्पका कारण आर्थिक वृद्धि ३.०४ प्रतिशतमा खुम्चियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?