Comments Add Comment

बच्चा जन्माएबापत निशुल्क फ्लाट !

sleeping baby

हाम्रो देशमा सरकारले दुइ सन्तान इश्वरको बरदान भन्दै सकेसम्म कम बच्चा जन्माउनका लागि दम्पतिहरुलाई प्रोत्साहन गर्दै आएको छ र विभिन्न कार्यक्रम पनि संचालन गर्ने गरेको छ । तर दुनियामा यस्तो देश पनि छ जहाँ धेरै भन्दा धेरै बच्चा जन्माउनका लागि सरकारले नै प्रोत्साहन गर्दछ । उक्त देशमा बच्चा जन्माएबापत दम्पतिहरुलाई सित्तैमा आवास उपलब्ध गराउँदछ, सरकारले ।

हो, फिनल्याण्ड त्यस्तो देश हो जहाँ बच्चा जन्माउने दम्पतिहरुका लागि सरकारले निशुल्क फ्लाट उपलब्ध गराउँछ । यति मात्र होइन बच्चा १७ वर्षको नहोउन्जेल सम्मको लागि बच्चाको पालन पोषण र शिक्षा दीक्षा लगायत सबैको खर्च सरकारले नै बेहोर्दछ ।

फिनल्याण्डको उताजर्बी क्षेत्रमा जनसंख्या वृद्धिदरमा निकै गिरावट आएपछि सरकारले जन्मदर बढाउनका लागि दम्पतीहरुलाई सित्तैमा आवास दिएर बच्चा जन्माउन प्रोत्साहित गर्ने नीति लिएको हो । बच्चा जन्माउने दम्पतीहरुलाई निशुल्क आवास, बच्चाको सम्पूर्ण पालन पोषणको जिम्मा सरकारले लिनुका साथै १० हजार युरो प्रोत्साहन भत्ता समेत प्रदान गरिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment