Comments Add Comment

हुन्डाईको कम्प्याक्ट एसयुभी कार ‘क्रेटा’ बजारमा आउँदै

Hyundai-Car
नयाँ दिल्ली । कोरियन गाडी निर्माता कम्पनी हुन्डाईले नयाँ मोडलको कम्प्याक्ट एसयुभी कार आईएक्स-२५ ‘क्रेटा’ बजारमा ल्याउने भएको छ ।

कम्पनीले मंगलबार नै भारतीय बजारमा यसको डिजाइन सार्वजनिक गरिसकेको छ । हुन्डाई क्रेटा जुलाई २१ तारिखमा बजारमा आउने बताइएको छ । भारतीय बजारमा कम्प्याक्टर एसयुभी कारको माग तिब्र गतिमा बढिरहेको छ ।

फ्लुडिक डिजाइनमा हुन्डाई क्रेटा नयाँ पुस्ताको कार हो । यसको डिजाइन फोर्डको इकोस्पोर्टको जस्तै छ । हुन्डाईको यो पहिलो कम्प्याक्टर एसयुभी कार हुने छ । कम्पनीले यसमा पावरफुल इञ्जिन प्रयोग गरेको छ ।

हुन्डाईले क्रेटा डिजेल र पेट्रोल इञ्जिनमा एकसाथ बजारमा ल्याउने जनाएको छ । क्रेटामा १४०० सीसीको पेट्रोल इञ्जिन र १६०० सीसीको डिजेल इञ्जिन जडान गरिने छ ।

Hyundai-Car-2

हुन्डाई क्रेटामा वेरना सिडानमा जस्तै इञ्जिन प्रयोग गरिएको छ । यसको अलवा क्रेटामा अटोमेटिक ट्रान्समिसन पनि रहनेछ । कम्पनीले यो कारको मूल्यका बारेमा कुनै जानकारी नदिएपनि ८ देखि १२ लाख भारतीय रुपैयाँको आसपासमा रहने अनुमान छ ।

कारको लम्बाइ ४२७० मिलीमिटर, चौडाइ १७८० मिलीमिटर, उचाई १६३० मिलीमिटर, हृवीलबेस २५९० मिलीमिटर रहेको छ । अहिले बजारमा उपलब्ध हुन्डाईको एयुभी कार टक्सनलाई उपभोक्ताले निकै मन पराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment