+
+
Shares

भूकम्पले सात लाख गरिब थपिए

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३१ गते ६:२१

३१ जेठ, काठमाडौं । भूकम्पले मुलुकमा सात लाख नेपाली गरिब बनाएको छ । भूकम्पबाट ठूलो जनधनको क्षति भएपछि गरिबीको रेखामुनि रहेको जनसंख्या थपिएको नयाँ पत्रिकामा खबर छ ।

फाइल तस्वीर
फाइल तस्वीर

२०६८ को जनगणनाअनुसार २५ दशमलव २ प्रतिशत अर्थात ६६ लाख ७६ हजार ४ सय ८८ नेपाली गरिबीको रेखामुनी थिए । थपिएका गरिबको संख्या १० लाखसम्म पुग्न सक्ने राष्ट्रिय योजना आयोगको अनुमान छ ।

भूकम्पले कम्तीमा २ दशमलव ५ प्रतिशत अर्थात ६ लाख ६२ हजार तीन सय ५० नेपालीलाई गरिब बनाएको राष्ट्रिय योजना आयोगको प्रारम्भिक प्रतिवेदन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?