+
+

प्रधानमन्त्रीले विद्यार्थीसँग भने- शुल्क मिनाहाको पहल गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३१ गते ११:२४

३१ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पछि विद्यालयहरुमा पढाइ नभएको अवधिको शुल्क नलिन शिक्षा मन्त्रालयलाई निर्देशन दिने बताएका छन् ।
Susil-koiralaआइतबार १३ विद्यार्थी संघ संगठनहरुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले विद्यार्थीहरुले राखेका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

‘प्रधानमन्त्री ज्यूले आजै शिक्षामन्त्रीलाई माग सम्बोधनका लागि निर्देशन दिने बताउनुभएको छ,’ अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले भने ।

नेविसंघ प्रवक्ता यूपी लामिछानेका अनुसार प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषद बैठकमा विद्यार्थीका माग सम्बोधनका विषयमा छलफल हुने आश्वासन समेत दिएका थिए । मल्लले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री ज्यूले सरकारले तर्फबाट गर्नुपर्ने काम म गर्छु, अरु दलका नेताहरुलाई पनि भेटेर आफ्ना कुरा राख्नुस् भन्नु भएको छ ।’
नीजि विद्यालय सन्चालकहरुले आधा महिनासम्मको शुल्क मिनाह गर्न सकिने बताएपनि विद्यार्थी संघ संगठनहरुले भूकम्पको त्रासले पढाइ नभएको पूरै एक महिनाको शुल्क मिनाहा गर्नुपर्ने अडान राख्दै आएका छन् ।

नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, मधेस विद्यार्थी फोरम लोकतान्त्रिक, तराइ मधेस विद्यार्थी फन्ट लगायत विभिन्न विद्यार्थी संघसंगठन शुल्क मिनाहाको माग गर्दै हिजो शैक्षिक हड्ताल लगायत आन्दोलनका कार्यक्रम सार्बजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?