३१ जेठ, काठमाडौं । प्राइम बैकले गोरखा भुकम्प पीडित नगरपालिकाका कुमाल गाउँका विपन्न ८९ घर धुरीलाई जस्तापाता वितरण गरेको छ । बैकले प्रतिघर धुरी एक बन्डलका दरले जस्ता दिएको हो ।
बैंकले मनकामना नमुना गाँउका अति गरीब र विपन्न दलित भएको ५२ घरलाई पनि जस्ता वितरण गरेको छ ।
बैकले यसअघि गोरखाको आरखेत र धादिङको सल्यानटारमा विपी प्रतिष्ठान र नेपाल मेडिकल एशोसिएसनको संयुक्त प्रयासमा भुकम्प पिडितको लागि निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4