३१ जेठ, काठमाडौं । नेशनल लाइफ इन्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी प्रक्रियालाई सरल बनाएको छ । कम्पनीले भूकम्मपबाट गोरखाको बारपाकमा निधन भएका बीमितलाई बीमा समितिका अध्यक्ष पत्तबहादुर केसी र गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिनामार्फत दाबी रकमबापतको चेक हस्तान्तरण गरेको छ ।
स्वर्गीय सममाया गुरुङका छोरी बीसमाया गुरुङ, स्वर्गीय शर्मिला गुरुङका पति बेलबहादुर गुरुङ, स्वर्गीय बीरबहादुर गुरुङका पत्नी पूर्णिमा गुरुङ, स्वर्गीय मेहरसिंह गुरुङका पति आयूस गुरुङ, स्वर्गीय सितामाया गुरुङका पति मनबहादुर गुरुङले दावी रकम दिइएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4