Comments Add Comment

विद्यार्थीहरुको आन्दोलन फिर्ता, ५० प्रतिशत शुल्क मिनाहा

३१ जेठ, काठमाडौं । एक महिनाको शुल्क मिनाहाको माग गर्दै आन्दोलन घोषणा गरेका १३ विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका छन् ।

गत वैशाख १३ देखि यही जेठ १४ गतेसम्मको समग्र मासिक शुल्कको ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन गर्न आइतबार शिक्षा मन्त्रालयले विज्ञप्ति निकालेर विद्यालय सन्चालकहरुलाई निर्देशन दिएलगत्तै विद्यार्थीहरुले आन्दोलन फिर्ता लिएका हुन् ।

अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले आइतबारदेखि नै आन्दोलन फिर्ता लिएको अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘क्रियात्मक आन्दोलन फिर्ता लिएका छौं, सहमति कार्यान्वयनका लागि दवावमुलक कार्यक्रम भने जारी हुन्छ ।’

यसअघि निजी विद्यालय सन्चालकहरुले बिभिन्न शिर्षकहरुमा छुट दिने र त्यो छुट ५० प्रतिशत मिनाहा गरेको सरह हुने भन्दै आएका थिए । तर, विद्यार्थी नेताहरुले एक महिनाको शुल्क शतप्रतिशत मिनाहा गर्न माग गर्दै आएका थिए ।

क्रान्तिकारीका अध्यक्ष मल्लले आफूहरुले राखेका माग आंशिक सम्वोधन भएकाले आन्दोलन फिर्ता लिइएको बताए ।

आइतबार विहान माग सम्वोधनको लागि ध्यानाकर्षण पत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका विद्यार्थी नेताहरुलाई प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलन फिर्ता लिन अनुरोध गरेका थिए ।

शैक्षिक क्यालेण्डर समायोजन गर्न निर्देशन

शिक्षा मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर भूकम्प प्रभावित जिल्लामा प्रभावित भएको शैक्षिक क्यालेण्डरमा समायोजन गरी पाठ्यसामग्री पठन पाठन पूरा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

भूकम्पबाट आमा बुवा गुमाएका २०० बालबालिकाहरुलाई पालन पोषणसहित शिक्षादिक्षाको निःशुल्क व्यवस्था एसओएस भिलेज नेपाल सानोठिमी भक्तपुरमा मिलाइएको छ ।

अभिभावक विहीन बालबालिकाहरुले पालन पोषणसहित निशुल्क शिक्षाको लागि जिल्ला शिक्षा कार्यालय काठमाडौं र शिक्षा विभागमा सम्पर्क गर्नुपर्ने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

त्यसको लागि जिल्ला बालकल्याण समितिको सिफारिससहित सहजिकरणको भूमिका खेलिदिन मन्त्रालयले सम्वद्ध सबै पक्षलाई अनुरोध गरेको छ ।

हेर्नुस् मन्त्रालयको विज्ञप्ति

Ministry-of-Education-Press

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment