३२ जेठ, काठमाडौ । विपतको बेला ब्यापारीले जस्तापाताको आफूखुशी मूल्य तोकेर उपभोक्तालाई ठग्न थालेका छन् । बढी मूल्यमात्र होइन, कम मोटाइ र कम गुणस्तरको जस्तापातालाई ‘उच्च गुणस्तर’को भन्दै सोहीअनुसारको मूल्यसमेत असुल गरेर दोहोरोरुपमा ठगेको पाइएको हो ।
ब्यापारीले जस्ता पातामा प्रतिकिलो सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म बढी असुलेर उपभोक्ता ठगेको सरकारी अनुगमनले पुष्टी गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्लो समय केही जिल्लामा गरेको अनुगमनका क्रममा यस्तो ठगी भइरहेको फेला परेको अन्नपूर्ण पोष्टमा खबर छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्लो समय केही जिल्लामा गरेको अनुगमनका क्रममा यस्तो ठगी भइरहेको फेला पारेको हो । विभागले यसैसाता राजधानीसहित धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा अनुगमन गरेको थियो ।
विभागका निर्देशक पुरूषोत्तम सुवेदीकाअनुसार अनुगमनका क्रममा अधिकांश खुद्रा व्यापारीले उपभोक्ताबाट बढी मूल्य असुल गरेको भेटिएको छ । केही स्थानमा थोक बिक्रेताले निर्धारित मूल्यभन्दा बढी लिएर खुद्रा व्यापारीलाई पनि ठगेका छन् ।
राजधानीको चुच्चेपाटीस्थित खानीखोला इन्टरप्राइजेजले शून्य दशमलव ३५ मिलिमिटर मोर्टा, आठ फुट र ५५ किलो तौल भएको हुलास कम्पनीको प्रति बन्डललाई उपभोक्ताबाट सात हजार चार सय रुपैयाँमा बिक्री गरेको सुवेदीले बताए । हुलासले काठमाडौंको हकमा भने खुद्रा मूल्य ६ हजार सात सय रुपैयाँ तोकेको छ ।
प्रतिक्रिया 4