+
+
Shares

नेतृत्वको लफडाले उपेन्द्र यादव र अशोक राईको पार्टी एकतामा ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३२ गते ८:०४

३२ जेठ, काठमाडौं । मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीबीच सोमबार हुने भनिएको पार्टी एकता नेतृत्वमा विवाद परेपछि केही घण्टा पछि सरेको छ ।

Upendra-Yadav-and-Ashok-Rai


सोह्रखुट्टेस्थित नेपा ब्यांंकेटमा दिउँसो साढे ११ बजे हुने भनिएको एकताको घोषणा नेतृत्व मिलानमा समय लाग्ने भन्दै दिउँसो १ बजेलाई सारिएको छ । दुबै तर्फका केन्द्रीय सदस्यलाई जिम्मेवारी बाँडफाँटका क्रममा समस्या देखिएको एक नेताले बताए ।

सोमबार घोषणा हुने एकतापछि पार्टीको नाम ‘संघीय समाजवादी फोरम नेपाल’ रहनेछ । अध्यक्ष उपेन्द्र यादव रहने छन् । संघीय समाजवादी पार्टी खोल्नु अघि एमालेको उपाध्यक्ष पदमा रहेका अशोक राई नयाँ पार्टीको वरिष्ठ नेता र संसदीय दलको नेता हुनेछन् ।

एकीकृत पार्टीको झण्डा संघीय समाजवादी पार्टीको हुनेछ भने चुनाव चिन्ह फोरम नेपालको (बलेको मशाल) हुनेछ ।

पाँचौ ठूलो शक्ति

पार्टी एकतापछि ‘संघीय समाजवादी फोरम नेपाल’ पाँचौ ठूलो राजनीतिक दल बन्ने छ । यसअघि विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पाँचौ ठूलो दल थियो ।

फोरम नेपालका १० र संघीय समाजवादीका ५ गरी संघीय समाजवादी फोरम नेपालका जम्मा १५ सभासद हुनेछन् । फोरम लोकतान्त्रिकका १४ सभासद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?