+
+
Shares

नेपाल लाइफले सेयरधनीलार्इ ६८ प्रतिशत लाभांस दिने

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३२ गते १८:१७

३२ जेठ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत अार्थिक वर्षको नाफाबाट सेयरधनीलार्इ ६८ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको विरगञ्जमा भएको १५औं साधारणसभाले चुक्ता पुँजीको ६० प्रतिशत बोनश सेयर  र ८ प्रतिशत वितरण गर्ने निर्णय गरेकाे छ ।

बोनस सेयर वितरणा पश्चात कम्पनीकाे चुक्ता पुँजी १ अर्ब ७३ करोड रुपैयाँ पुग्ने  छ । कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ पुर्याउने निर्णयसमेत साधारणासभाले गरेकाे छ ।

15th AGM NLICकम्पनीका अध्यक्ष रमेश गुप्ताले कम्पनीको नयाँ व्यवसायका आधारमा करिब ४१ प्रतिशत बजार हिस्सा ओगटेर अग्रस्थानमा रहेको बताए । उनले नयाँ लगानी नीतिले उत्पादनमूलक तथा राष्ट्रिय प्राथमिकता प्राप्त नयाँ क्षेत्र खुला गरेको बताउँदै नयाँ क्षेत्रहरुमा कम्पनीको लगानी विस्तारको अध्ययन सुरु भइसकेको जानकारी दिए ।

 उनले  विनासकारी महाभुकम्पबाट जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय बिपत्तिमा सबैले आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन आवश्यक रहेको बताए ।  कम्पनीले भूकम्प पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५१ लाख रुपैयाँ प्रदान गरेको छ । महाभुकम्पका कारण मृत्यु भएका बीमितहरुको मृत्यूदावी भूक्तानीमा सरलीकृत व्यवस्था लागू गरेको  कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाका अनुसार  हालसम्म ३४ वटा मुत्यु  दावी परेकोमा सबै भुक्तानी भइसकेको छ । उनका अनुसार विमितलाई २ करोड ११ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।  उनले चालु आर्थिक वर्षको चैत मसान्तसम्म  व्यवसाय गत बर्षको सोही अवधिको तुलनामा ९३ दशमलब ७ प्रतिशतले बृद्धि भएको बताए ।
कम्पनीले बैदेशिक रोजगार व्यवसाय सहित कुल प्रथम बीमाशूल्क आम्दानी करिब  २ अर्ब ५४ करोड रुपैयाँ हासिल भएको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?