+
+
Shares

अब नदी किनाराका घर बनाउन नदिने, २० लाख मानिसलाई अन्तै सार्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १ गते ७:३८

१ असार, काठमाडौ । विनाशकारी भूकम्प गएसँगै भूकम्पप्रभावित क्षेत्रहरु बाढीपहिरोको उच्च जोखिममा परेपछि सरकारले ती बस्तीलाई सार्ने योजना बनाएको छ । जीविकोपार्जन र जनजीवन सहज बनाउनदेखि लिएर खेतीपाती गर्नका लागि समेत मानिसहरु नदी किनारामा बस्ने गरेका छन् । नदी किनारा हुँदै सञ्चालन गरिएका राजमार्गका कारण पनि ब्यापार ब्यवसाय गर्नका लागि मानिसहरु नदी किनारामा बस्दै आएका छन् ।
Bagmati
भूकम्पबाट कतिपय बस्तीहरु सार्नुपर्ने भएकाले शहरी विकास मन्त्रालयले एकीकृत बस्ती विकासको अवधारणाअनुसार आगामी दिनमा नदी किनारामा बस्ती विकास गर्न नपाइने नीति ल्याउन लागेको समाचारपत्रमा खबर छ ।

शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रमेशप्रसाद सिंहले भूकम्प जाँदा नदी किनारामा तरलीकरण हुने हुँदा बस्ती बसालन दिन नहुने बताए । मानिसहरुलाई सुरक्षित राख्नका लागि नदी किनाराका कम्तीमा २० लाख मानिसहरुलाई सार्नुपर्ने उपमहानिर्देशक सिंह बताउँछन् ।

सुनकोशी, भोटेकोशी, सेती नदी, काली गण्डकी, सप्तकोशी लगायतका नदी किनाराका बिनायोजना विकास भएका बस्ती सार्ने विषयमा शहरी विकास मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?