१ असार, काठमाडौं । भूकम्पका कारण स्थगित भएको कक्षा ११ को परीक्षा मंगलबारदेखि सुरु भएको छ । यसअघि उक्त परीक्षा जेठ एक गतेदेखि हुने तय गरिएको थियो । भूकम्पका कारण स्थगित परीक्षा एक महिनापछिदेखि सुरु भएको हो ।
परीक्षामा तीन लाख ३० हजार विद्यार्थी सहभागी भएको उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ । यद्यपी भूकम्प बढी प्रभावित जिल्ला गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेलगायतका जिल्लाको परीक्षा भने सञ्चालन भएको छैन । उक्त जिल्लाहरुमा भने आगामी असार २४ गतेदेखि परीक्षा सञ्चालन हुनेछ ।
परीक्षा बिहान सात बजेदेखि सञ्चालन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4