Comments Add Comment

चट्याङले लागेर रामेछापमा एकको मृत्यु, दुई घाइते

नवराज पथिक

७ असार, रामेछाप । रामेछापको दोरम्बार टोकरपुर गाविसमा आइतबार साँझ परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ ।

चट्याङमा परी टोकरपुर- ४ का ७० वर्षीय सन्तबहादुर थापा मगरको मृत्यु भएको हो । स्थानीय  खोलामा पानी फर्काउन गएका उनको एकै साथ चलेको हावा हुरी र चट्याङको कारण ढलीढुङ्गामा मृत्यु भएको पूर्व गाविस अध्यक्ष कुमार कँडेलले जानकारी दिए ।

यसै गरी दोरम्बा गाविस – ८ ढोइगाउँमा सोही समयमा परेको चट्याङको कारण २ जना महिला गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ४० वर्षीया भक्तिमायाँ थापा मगर र १६ वर्षीया दीलमायाँ थापा मगर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment