Comments Add Comment

भूकम्पपीडितको भाग,कलाकारले खोसेपछि

spain

वसन्त रानाभाट

स्पेन । साईप्रसको लिमासोलमा सम्पन्न “सेभ नेपाल च्यारिटी म्युजिकल कन्सर्ट निकै भब्य रुपमा सम्पन्न भए पनि भूकम्प पीडितलाई रकम संकलन भने शुन्य जस्तै भएको छ। बिनाशकारी भूकम्पका पीडितहरुको सहयोगार्थ जुटेका कलाकारहरुले नै पारिश्रमिक लिईदिदा रकम जुट्न नसकेको हो।

भूकम्प पीडितको नाममा भएको कन्सर्टमा महानायक राजेश हमाल सहभागी भए पनि उनले पारिश्रमिक भने लिएनन्। तर चर्चित गायक राजु लामा र हिमाल सागारले भने रकम लिएको खुल्न आएको छ।

यस्तै स्पेनबाट सहभागी बनेका गायक तुलसी शिवाकोटीले पनि रकम लिएका छैनन्।स्वयंसेवक बाहेक टिकट नै काटेर ७ सय दर्शकहरु सहभागी हुँदा करिब १४ हजार युरो संकलन भएको आयोजक मध्ये कि एक याङ्की ह्याल्मोले अनलाईनखबरलाई जानकारी दिईन्। कन्सर्टको टिकट शुल्क २० युरो रहेको थियो।

भूकम्पपीडितलाई कति रकम जुट्यो भनी अनलाईनखबरकर्मीले गरेको प्रश्नमा याङ्की भन्छिन्,”हलको भाडा मात्र ३५ सय युरो,कलाकारको भिसा प्रोसेस,प्लेन भाडा, तिन दिन सम्मको होटल खर्च,त्यस माथि पारिश्रमिक, तपाई आफै भन्नुहोस् १४ हजार युरोमा कति बच्ला ?”

नेपाली विद्यार्थी कल्याण संघ साईप्रसले कार्यक्रमको आयोजना भूकम्प जानु भन्दा नै अगाडी तय गरेको थियो। तर देशमा विनाशकारी भूकम्प गएपछि ‘सेभ नेपाल च्यारिटी म्युजिकल कन्सर्टको” नामले कार्यक्रम परिमार्जित गरिएको हो ।

आयोजकका अनुसार महानायक हमालले भने भूकम्प अघि पनि आँफु निशुल्क नै कार्यक्रममा आउँने जनाएका थिए। तर पारिश्रमिक लिएका दुई गायकहरुले भने पहिले नै डिल भएको रकम लिएका हुन्। कति रकम लिए भन्नेबारे भने आयोजकले केही खुलाएको छैन।

पहिले नै रकम दिने भनी डिल गरेका हौ तर अहिले भूकम्प पिडितलाई भनेर कार्यक्रम परिमार्जित गरे पछि कलाकारहरु आफैले बुझ्नु पर्थ्यो,अनुरोध गर्यौ मान्नु भएँन आयोजक मध्येका एकले बताए।

गायक लामा कार्यक्रम सके पछि जर्मन तिर प्रस्थान गरेका छन् भने अर्का गायक हिमाल सागर भने नेपाल फर्किसकेका छन्। महानायक हमाल आफ्नी पत्नीको साथमा साईप्रसमा नै रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment