Comments Add Comment

अर्थमन्त्री भन्छन्- अब काम गरेर देखाउने बेला आएको छ

१० असार, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले नेपालको नवनिर्माणका लागि आशा गरेअनुसारको बैदेशिक सहायता प्राप्त भएकाले अब सरकारले काम गरे देखाउने बेला आएको बताएका छन ।

सहयोगको घोषणा भन्दा पनि प्रभावकारी कार्यक्रम बनाएर अावश्यकताअनुसारको खर्च गर्नु अझ महत्वपूर्ण भएको महतको भनार्इ छ ।

ramsaran mahat‘अन्तराष्ट्रिय सम्मेलनमार्फत आएको सहयोगको प्रतिवद्धताले हामीलाई उत्साहित बनाएको छ । तर विदेशीको सहयोगले मात्रै देश बन्दैन ।’ मन्त्री महतले अनलाइनखबरसँग भने- ‘यो सहायताको अधिकतम कार्यान्वयनमा गर्नुपर्ने भएकाले अब हामीले काम गर्नुपर्ने बेला आएको छ ।’

बैदेशिक सहायताको कार्यान्वयन आगामी आर्थिक वर्षको सुरुदेखि नै गर्ने उनले बताए । ‘अब सरकारले कुन परियोनामा कति र कसरी खर्च गर्ने भनेर कार्यक्रम बनाउन थाल्छ । उक्त कार्यक्रममा सरकार दातृ निकायबीच सम्झौता हुन्छ । अनि मात्रै कार्यान्वयनको प्रक्रिया अघि बढ्छ’ मन्त्री महतले भने ।

कम्तीमा आगामी साउन वा भदौदेखि सहायताको कार्यान्वयन थाल्नेगरी सरकारले काम गर्ने उनले बताए ।

‘हामीले निकै राम्रो डकुमेन्टेसन गर्‍यौं । हाम्रो तथ्यांकलाई दातृ निकायहरुले उच्च विश्वास गरे’ महतले भने- ‘उहाँहरुको विश्वासमाथि हामीले कुठाराघात गर्नु हुँदैन ।’

यो सहयोगको सुरुवाती चरणमात्रै भएको बताउँदै सहुलियत दरमा वा बिना व्याजमा दाताहरुले अझै खर्बौ रुपैयाँ दिने उने बताए । ‘चीनले बिना व्याज जति माग्छौ त्यती दिन्छु भनेको छ । भारतले पनि चाहिएको खण्डमा सहुलियत दरको ऋण थप्छु भनेको छ । त्यसैगरी अन्य संस्थाहरुले पनि सहुलियत ऋणको प्रस्ताव गरेका छन् ।’ महतले भने- ‘हामीले काम गरेर देखाउन सक्यौं भने पैसाको अभाव हुँदैन ।’

सहायताको रकम खर्च गर्न सरकारले कार्यक्रम बनाउने र त्यो कार्यकम पुननिर्मार्ण प्राधिकरणले कार्यान्वयन गर्ने भएकाले छिटो र प्रभावकारी कावर्यान्वयन हुने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment