Comments Add Comment

प्रधानमन्त्री राहत कोषमा सेफहरुको सहयोग

लण्डन । बेलायतमा रहेका नेपाली सेफहरुको संस्था नेप्लिज सेफ एशोसियसन युकेले नेपालका भूकम्प पीडितहरुको लागि दुई लाख पचहत्तर हजार नेपाली रुपैयाँ सहयोग पुर्‍याएको छ ।

sef

सेफ एशोसियसन युकेका अध्यक्ष कृष्ण तिमल्सिना सहितका पदाधिकारीहरुले बुधबार बेलायतस्थित कार्यवाहक नेपाली राजदुत तेज बहादुर क्षेत्रीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

एशोसियसनका उपाध्यक्ष दधि आचार्यका अनुसार उक्त सहयोग रकम प्रधानमन्त्री राहत तथा उद्दार कोषमा जम्मा हुनेछ ।

बेलायतमा कार्यरत नेपाली सेफ तथा शुभचिन्तकहरुबाट उक्त रकम संकलन गरिएको एशोसियसनले जनाएको छ ।

उक्त अवसरमा कार्यबाहक राजदुत क्षेत्रीले सेफ एशोसियसन युकेले प्रशंसनिय कामहरु गरेको स्मरण गर्दै उक्त रकम तत्काल नेपाल पठाउने बताए ।

अहिलेको अवस्थामा बि्रटिश गोर्खा पछि बेलायतमा सेफ पेशा बढि सुरक्षित रहेको क्षेत्रीले बताए । एशोसियसनका अध्यक्ष तिमल्सिनाले देश रोइरहेको बेला सानो भएपनि सहयोग गर्न पाउंदा आफूहरुलाई खुशी लागेको बताए ।

उनले रकम संकलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सेफहरुप्रति आभार प्रकट गरेका थिए ।

बेलायतलाई कर्मथलो बनाएका सेफहरुलाई एकत्रित गर्न तथा उनीहरुको हक अधिकार सुनिश्चित गराउन सन् २०१२ मा स्थापित सेफ एशोसियसन युकेले स्थापनाकालदेखि नै नेपालका हरेक विपत्तिहरुमा सक्दो सहयोग पुर्‍याउँदै आइरहेको छ ।

शोसियसनले संकलन गरेको बाँकी रकम सेफहरु आफै उपस्थित भएर भूकम्पबाट क्षतिग्रस्त स्कुलको पुनर्निर्माणमा खर्च गर्ने जनाएको छ ।

अध्यक्ष तिमल्सिनाका अनुसार छिट्टै बस्ने कार्यसमितिको बैठकमा स्कुल पुननिर्माणबारे स्पष्ट योजना सार्वजनिक गरीने छ ।

सहयोग रकम हस्तान्तरणका अवसरमा एशोसियसन युकेका अध्यक्ष तिमल्सिना, उपाध्यक्ष आचार्य, सदस्यहरु ठाकुर ढुंगाना, धर्मा चापागाईं, रामसिंह थापा, दिपक आचार्य लगायत सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment