+
+

एमाले सल्लाहकार परिषद्को अध्यक्षमा केशव बडाल चयन

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १२ गते १४:४६

१२ असार, काठमाडौं । नेकपा एमालेको सल्लाहकार परिषद्को अध्यक्षमा केशव बडाल चयन भएका छन् । परिषद्को शनिबार बसेको बैठकले बडाललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।

बैठकलाई संवोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सल्लाहकार परिषद्ले पार्टीको ‘थिङ्क ट्याङ्क’ को रूपमा काम गनुृ पर्ने बताए । साथै उनले आफ्ना अनुभव र विज्ञताका आधारमा पार्टीलाई सैद्धान्तिक, राजनीतिक, आर्थिक लगायतका प्रश्नमा महत्वपूर्ण सुझावहरू दिएर सहयोग गर्न आग्रह गरेका छन् ।

महासचिव ईश्वर पोखरेलले केन्द्रीय सल्लाहकार परिषद् सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् । परिषद्का नवनिर्वाचित अध्यक्ष बडालले आफूले सम्पूर्ण शक्ति खर्च गरेर पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?