+
+
Shares

नयाँ संविधान बनेपछि धर्म छाड्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १४ गते १८:१९

१४ असार, काठमाडौं । नेपालको संविधान २०७२ लागू भएपछि  धर्मसम्बन्धी अन्तरिम संविधानको प्रावधानमा केही भिन्न अधिकार प्रत्याभूत हुने भएको छ । नयाँ संविधान अनुसार ‘कुनै धर्मबाट अलग रहने’ अथवा धर्म छाड्न पाउने स्वतन्त्रता नागरिकलाई प्राप्त हुनेछ ।

Dharmik-Sortantrata

प्रस्तावित संविधानको धारा ३१ मा ‘धार्मिक स्वतन्त्रताको हक’ उल्लेख गरिएको छ । यसअघि अन्तरिम संविधानको धारा २३ मा यो हकलाई ‘धर्मसम्बन्धी हक’ भनिएको थियो ।

अन्तरिम संविधानमा भनिएको थियो-‘प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वकालदेखि चलिआएको आफ्नो धर्म अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक हुनेछ ।’

नयाँ संविधानको मस्यौदामा यो वाक्यांशमा ‘कुनै धर्मबाट अलग रहने स्वतन्त्रता हुनेछ’ भन्ने वाक्यांश समेत थपिएको छ ।

मौलिक हक अन्तरगत रहेको यो प्रावधानले कुनै पनि धर्म नमान्ने नास्तिक एवं भौतिकवादीहरुको अधिकारलाई समेत सुनिश्चित गरेको छ । राज्य धर्मप्रति निरपेक्ष भएकाले नास्तिकहरुको अधिकारलाई समेत यसरी सुनिश्चित गरिएको हो ।

तर, राज्य धर्म निरपेक्ष भए पनि कानून बमोजिम कुनै पनि सम्प्रदायलाई धार्किम स्थल एवं गुठीहरुको स्वतन्त्र सञ्चालनको हक प्रदान गरिएको छ ।

धर्म परिवर्तनमाथिको प्रतिवन्ध यथावत

नयाँ संविधानले पनि धर्म परिवर्तनमाथिको प्रतिवन्धलाई भने यथावत राखेको छ । प्रस्तावित मस्यौदाको धारा ३१ (३) मा धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्नु गराउनु कानूननतः दण्डनीय हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?