Comments Add Comment

चलचित्र जुधेपनि सलमानसँग मित्रता टुट्दैन : साहरुख खान

srk-and-salman
बलिउडका सर्वाधिक ठूला दुई नायक साहरुख खान र सलमान खानको आगामी वर्ष बक्स अफिसमा ठुलै भिडन्त हुने हल्ला चलेको छ । सलमान खान अभिनित ‘सुल्तान’ र शाहरुख अभिनित ‘रईस’ आउँदो बर्षको ईदमा प्रदर्शन हुने भएपछि फेरि दुई खानविच बोलचालै बन्द हुुने अनुमान धेरैले गरेका छन् ।

एउटै मितिमा चलचित्र रिलिज भएपनि आफूहरु विच कुनै मनमुटाब नहुने साहरुखको भनाई छ । मिडियाको जवाफमा निकै कुटनीतिक जवाफ दिन माहिर मानिएका साहरुखले मुम्बइमा आयोजित पत्रकार सम्मेलनमा भने- हाम्रो चलचित्र एकसाथ जुधेपनि हाम्रो  मित्रतालाई कुनै असर गर्दैन । हामी साथी भैसक्यौं ।’ त्यसकारण हामी धेरै काम सँगैसँगै गर्छौ । यसलाई प्रतिस्पर्धाको रुपमा नहेर्नुहोला ।’ एउटै मितिमा चलचित्र रिलिज हुनुलाई सामान्य रुपमा लिन आग्रह गर्दै उनले भने-‘हाम्रो चलचित्रले कमाउने पैसाको विषयमा टकराब होला तर, हामीहरु विच सम्बन्धमा कुनै खराबी आउने छैन ।’

राहुल ढोलकिया निर्देशित ‘रईस’ एक्सन थि्रलर चलचित्र हो भने यस चलचित्रमा साहरुखले नव-नायिका माहिरा खानसँग अभिनय गरेका छन् । सलमान अभिनित ‘सुल्तान’ आदित्य चोपडाले बनाउन लागेका हुन् ।

दुई खानको चलचित्र एउटै मितिमा रिलिज भएमा दुबैलाई आर्थिक नोक्सानी हुनेछ । सन् २००६ मा साहरुख अभिनित ‘डन’ र सलमान अभिनित ‘जानेमन’ एउटै मितीमा रिलिज हुँदा सलमानलाई घाटा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment