Comments Add Comment

स्कुल नचलेको समयको गाडीभाडादेखि ट्युशन फि असुली

२० असार, काठमाडौ । उपत्यकाका अधिकांश निजी विद्यालयले कक्षा सञ्चालन नभएको महिनाको गाडीभाडादेखि ट्युशन फीसमेत लिएका छन् । १२ वैशाखको विनाशकारी भूकम्पका कारण डेढ महिनाभन्दा बढी समय विद्यालय बन्द भएका थिए ।
School_Bus
शिक्षा मन्त्रालयले भूकम्पका बेला सञ्चालन नभएकाले समग्र शुल्कमा आधा महिनाको मिनाहा गर्ने निर्णय गरेको थियो । निजी विद्यालय सञ्चालकका छाता संगठनहरु प्याब्सन र एनप्याब्ससँगको सहमतिमा मन्त्रालयले ३१ जेठमा शुल्क मिनाहा गर्ने निर्णय गरेको थियो, नयाँ पत्रिकामा खबर छ ।

यसैगरी, खर्च नै नभएका शीर्षकहरु गाडीभाडा, होस्टेललगायतका अन्य शीर्षकका शुल्कसमेत लिन नपाउने मन्त्रालयको निर्णय थियो । तर अहिले स्कुल नचलेको बेलाको गाडीभाडासमेत जोडेर बिल अभिभावकलाई पठाएका छन् ।

अभिभावकले छोराछोरीलाई विद्यालयले अप्ठ्यारो पार्नसक्ने भन्दै खुलेर विरोध गर्न सकेका छैनन् ।

काठमाडौको नागार्जुन भ्याली एकेडेमीले वैशाखदेखि असारसम्मको सबै शुल्कको बिल पठाएपछि अभिभावक आक्रोशित भएका छन् ।

राजधानीका अधिकांश अधिकांश विद्यालयले सरकारसँग भएको सहमतिअनुसार शुल्क घटाएका छैनन् । लाजिम्पाटको मेरिडियन इन्टरनेशनल, रुपिज इन्टरनेशनल, मिल्स बेरी इन्टरनेशनल स्कुलले पनि विद्यार्थीसँग सबै शुल्क असुलेका छन् ।

विद्यार्थी संगठनहरुको अनुगमन टोलीले मेरिडियन स्कुलले बन्द भएको समयको गाडीभाडासमेत प्रतिविद्यार्थी २ हजार ६ सय रुपैयाँ असुलेको बताएका छन् ।
सञ्चालन नभएको समयको पनि सवै शुल्क लिएपछि मेरिडियन, रुपिज र मिल्स बेरी स्कुलमा विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment