Comments Add Comment

महिला कर्मचारीले बच्चा जन्माउँदा हाकिमको अनुमति लिनुपर्ने

baby

महिला कर्मचारीले बच्चा जन्माउनु परेमा हाकिम सँगबाट अनुमति लिनुपर्ने ! सुन्दै असहज लाग्ने यो कुनै काल्पनिक कुरा होइन, चीनको एउटा कम्पनीले बनाएको नियम हो ।

चीनकेा हुनान प्रान्तस्थित एक वित्त कम्पनी जिआओजुले आफ्ना महिला कर्मचारीहरुलाई बच्चा जन्माउने योजना बनाएको भए त्यसअघि सो सम्बन्धि फाराम भरेर हाकिमबाट स्विकृति गराउनुपर्ने नियम बनाएको थियो ।

यो नियमिको बारेमा सोसल मिडियामा तिव्र आलोचना भयो, कम्पनीको खिल्ली उडाइयो । त्यस्तो आधारभुत मानव अधिकारमाथि समेत दखल गर्ने कम्पनीको अनौठो नियमका विरुद्धमा सरकारी तबरबाटै कारवाही हुने जोखिम बढ्यो । अन्ततः सो कम्पनी आफ्नो त्यो अनौठो नियम खारेज गर्न बाध्य भएको छ ।

कम्पनीले कम्तिमा एक वर्षदेखि काम गरिरहेका विवाहित महिलाहरुलाई गर्भवती हुने अनुमति दिइने र त्यस्तो इजाजत पनि निश्चित समय सीमाका लागि दिइने बताएको थियो ।

कम्पनीकेा अनुमति विना महिला कर्मचारीहरु गर्भवती भएको पाइएमा कारवाही गरिने व्यवस्था समेत कर्मचारीले तोकेको थियो । नियम नमान्ने महिला कर्मचारीले एक हजार युआन जरिवाना तिर्नुपर्ने, वाषिर्क बोनस, बढुवा तथा अन्य पुरस्कारबाट समेत बन्चित गराइने कुरा समेत कम्पनीको दस्तावेजमा उल्लेख थियो ।

यद्यपि एएफपीले एक कर्मचारीलाई उधृत गरेर लेखे अनुसार कम्पनीले त्यो नियम लागु गरिसकेकेा भने थिएन र नियमको मस्यौदा दस्तावेज कर्मचारीहरुलाई राय प्रतिक्रियाका लागि बाँडिएको थियो ।

यस विषयमा प्रतिक्रिया दिँदै चीनका एक सरकारी अधिकारीले उक्त कम्पनीले आफ्ना कर्मचारीलाई मानिसलाई जस्तो व्यवहार नगरेको र मेसिनका पाटपुर्जा ठान्ने गरेको टिप्पणी गरेका चाइना युथ डेलीले जनाएको छ ।

कम्पनीले तोकेर दिएको समयमै ठ्याक्कै गर्भवती भैहाल्न समेत सम्भव नहुने र कहिलेकाहीँ चाहेको समयमा गर्भ नरहन सक्ने भन्दै कर्मचारीहरुले नै असन्तुष्टि जनाएका थिए ।

कम्पनीमा जागिर खाने महिलाहरुको संख्या धेरै रहेको र सबै महिलाहरु एकैचोटी गर्भवती भएर सुत्केरी विदामा बस्ने हो भने कार्यसंचालनमा ठूलै बाधा पुग्ने देखेर जियाओसुले यस्तो कदम उठाउन लागेको बताइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment