Comments Add Comment

नेपाल सकिएको छैन भन्ने देखाउन कतारमा अवार्ड

award-samgauta
अन्तरराष्ट्रिय कलाकार मञ्च, कतारसँग सहकार्य गर्दै नेपाल चलचित्र प्राविधिक संघले कतारमा आयोजना गर्न लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’को बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको छ । दोहाको ग्राण्ड प्यालेसमा पत्रकार सम्मेलन गर्दै अवार्डको बारेमा जानकारी दिइएको हो ।

कतारमा रहेका चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी र महासचिव अनन्त तिमिल्सिनाको उपस्थितीमा पत्रकार सम्मेलन गरिएको हो । मञ्चका अध्यक्ष भविन तामाङले आफूहरुलाई  विश्वास गरेर अवार्डको आयोजना जिम्मा दिएकोमा प्राविधिक संघलाई धन्यवाद दिए । उनले कार्यक्रमको व्यवस्थापन पक्ष दरिलो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल चलचित्र प्राविधिक संघले आइएएफ कतारलाई जिम्मेवारी पत्र हस्तान्तरण गरेको थियो । यस्तै, आइएएफले पनि प्रतिवद्धता पत्र नेफ्टालाई वुझाएको थियो । अवार्ड कार्यक्रममा करिब ८० जना चर्चित कलाकारहरु सहभागी हुनेछन् । कतारको वेष्टइन्ड पार्कमा आगामी बक्र ईदमा अवार्डको कार्यक्रम हुनेछ । दर्शकका लागि प्रवेश शुल्क ३५ रियाल तोकिएको छ ।

कार्यक्रममा बोल्दै चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले भुकम्पले नेपाल सकियो भनेर हल्ला गर्नेहरुलाई नेपाल केही पनि भएको छैन भन्ने सन्देश अन्तरराष्ट्रिय समुदायमा दिन आफूहरु सक्षम हुने बताए ।

यस्तै, नेफ्टाका महासचिव अनन्त तिमिल्सिनाले विगतका दिनमा काठमाण्डौमा सिमित रहेको अवार्ड कार्यक्रम मलेसिया, हङकङ हुँदै कतारमा आइपुगेको बताए । उनले ३५ वटा विधामा अवार्ड प्रदान गर्ने जानकारी दिए ।

कार्यक्रममा आइएएफका सदस्यहरुको उपस्थिती थियो । उनीहरुले अवार्ड कार्यक्रमले कतारमा नेपाली चलचित्रको बजार अझै फराकिलो हुनेमा विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment