Comments Add Comment

जेष्ठ नागरिकको भत्ता बढ्यो, औषधि खर्चसहित १ हजार पाउने

२९ असार, काठमाडौं । सरकारले जेष्ठ नागरिकहरुको भत्ता बढाएको छ । अर्थमन्त्री डा. रामशरण महतले बजेट भाषण गर्दै जेष्ठ नागरिकको भत्ता ५ सय रुपैयाँबाट १ हजार रुपैयाँ पुर्‍याइएको जानकारी दिए ।

५ सय रुपैयाँ भत्ता र ५ सय रुपैयाँ औषधि उपचार गरी जम्मा १ हजार रुपैयाँ दिइने उनले बताए । सो रकम बैंकिङ प्रणालीमार्फत दिइने छ ।

Ramsaran Mahat (1)यसअघि सरकारले ५ सय रुपैयाँ वृद्धभत्ता दिँदै आएको थियो । २०५१ सालमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले वृद्धवृद्धालाई सय रुपैयाँ वृद्धभत्ता दिएर यो कार्यक्रम सुरु गरेका थिए ।

सरकारले नयाँ आर्थिक बर्ष ०७२/७३ देखि जेष्ठ नागरिकका आश्रमहरुमा मनोरन्जनका साधनको व्यवस्था गर्ने अर्थमन्त्री महतले जानकारी दिए ।

सरकारले सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत र व्यवस्थित गर्न एकीकृत सामाजिक सुरक्षा विधेयक चालू अधिवेशननै संसदमा प्रस्तुत गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या २१ लाख छ ।

अर्थविद केशव आचार्यले यसको स्वागत गर्दै यसो गर्न सकिए धेरै राम्रो हुने प्रतिक्रिया दिए ।
यसैबीच सरकारी स्वास्थ्य संस्थामा कानूनीरुपमा गर्भपतन गराउँदा पैसा नलाग्ने व्यवस्था नयाँ बजेटमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment