Comments Add Comment

७ फिटको ब्वायफ्रेण्डलाई कुर्सीमा उक्लिएर चुम्बन, यो कस्तो आपत् ?

long main (1)

प्रेमलाई उचाइले रोक्दैन । ७ फिट १ इन्च अग्लो भिमकाय प्रेमीलाई चुम्बन गर्नका लागि कुर्सीमै उक्लिनु परेपनि उनलाई झण्झट लाग्दैन । उनको उचाई जम्मा ५ फिट ९ इन्च छ र ब्वायफ्रेण्डको उचाइ आफ्नो भन्दा निकै धेरै भएको हुँदा रसरँग देखि ओछ्यानसम्मका धेरै कुराहरुमा असजिलो हुन्छ ।

बेलायतको बकिंघमसायरस्थित हाइ विकोम्बका विलियम जेवेल बच्चैदेखि निकै अग्ला थिए र १३ वर्षको छँदै उनको उचाई ६ फिट ३ इन्च थियो ।

अहिले उनको उमेर २१ वर्षको छ र आफ्नी १९ वर्षे प्रेमिका सेलिना स्विफ्टभन्दा १६ इन्च अग्ला छन् । हुनत सेलिना आफैपनि औषत बेलायती महिला भन्दा अग्ली छिन् ।

निकै लामा हातखुट्टा तथा जिउ भएका कारण उनलाई बजारमा पाइने साइजका कपडा तथा जुत्तामोजा मिल्दैन र कारखानामै अर्डर गर्नुपर्छ । हालै एक सय पाउण्ड खर्चिएर उनका लागि सुट सिलाइयो । पलङ तथा ओछ्यान पनि उनका लागि छोटो भइदिन्छ ।

long main (2)

आफु बाटोमा हिँड्दा मानिसहरु एकछिन रोकिएर आफुलाई हेर्ने गरेको र आपसमा कानेखुसी गरेर हाँस्ने गरेको अनुभव उनको छ । आफुसँग बोल्नकै लागि मानिसहरुले विभिन्न प्रश्नहरु समेत सोधेर हैरान पार्ने गरेको उनी सुनाउँछन् । कतिले त उनीसँग फोटो खिच्नकै लागि कर गर्छन् ।

उनकी गर्लफ्रेण्ड सेलिना उनलाई बिग फ्रेण्डली जाएन्ट भनेर सम्बोधन गर्छिन् । आफुहरु पछिल्ला एक महिनादेखि डेटिङमा रहेको भन्दै उनले पहिलोचोटी भेट्दा आफुले उनको उचाइमै विश्वास गर्न नसकेको र आफुलाई विलियम निकै भद्र तथा स्विट लाग्ने बताउँछिन् ।

विजनेस म्यानेजमेन्टका विद्यार्थी रहेका विलियम आफुले सानो छँदा निकै धेरै दुध पिउने गरेको हुँदा यति अग्लो बनेको बताउँछन् ।

निकै अग्ला भएपनि उनको जिउ स्वस्थ छ । उनले दिनमा ३५ सय क्यालोरी भोजन गर्छन् । उनी बास्केटबल खेलाडि पनि हुन् ।

long main (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment