Comments Add Comment

मिस नेपाल युएसका सहभागीलाई मिस वर्ल्ड रनर अपले प्रशिक्षण दिने

Emma-Wareus-2

‘मिस नेपाल युएस २०१५’ मा सहभागी सुन्दरीहरुले मिस वल्र्ड २०१० की फस्ट रनर अप एमा वारियसबाट प्रशिक्षण लिने भएका छन् ।

आयोजक संस्थाले जनाए अनुसार मिस नेपाल युएसका प्रतियोगीहरुले एमाबाट पब्लिक स्पीकिङ, नेतृत्वदायी क्षमता विकास, ब्राण्ड व्यवस्थापनका साथै अन्य केही विषयमा प्रशिक्षण लिने भएका छन् ।

लोरियाल फेसन सप्ताह, न्युयोर्क फेसन सप्ताह, लण्डन फेसन सप्ताहका साथै थुपै म्यागाजिनहरुको शोमा सहभागी एमा वारियस बिल क्लिन्टन मलेरिया फाउन्डेसन, अपि|mकन युनियन युथ लिग, युनिएड्स लगायतका संस्थाहरुका लागि ब्राण्ड एम्बेसडर एवं प्रवक्ता रहेकी छिन् ।

मूलतः बोत्सवानाको ग्रामीण विकासमा विशेष योगदान पुर्‍याउँदै आएका उनी अहिले जर्जिया युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्धमा उच्च शिक्षा हासिल गरिरहेकी छिन् ।
अमेरिकामा वसोवास गर्दै आएका र हाल अमेरिकामा रहेका नेपाली युवतीहरुमा लक्षित सौन्दर्य प्रतियोगितामुलक कार्यक्रम ‘मिस नेपाल युएस २०१५’ का लागि १९ देखि २९ वर्ष उमेर समूहका इच्छुक युवतीहरु सहभागि हुन सक्नेछन् ।

नेपालस्थित ईप्लानेट प्रालिको सहकार्यमा अमेरिका स्थित इभेन्ट प्लानेट इन्कको आयोजनामा गएको चार वर्षदेखि निरन्तर रुपमा कार्यक्रम हुँदै आएको छ ।

यस पटक नेपालमा हालै आएको महाभूकम्पपछिको असहज परिस्थितिलाई मनन गर्दै मिस नेपाल युएस २०१५ ले ‘रिबिल्डिङ नेपाल’ को अवधारणा अँगालेको छ ।

जसमा यो कार्यक्रमलाई भूकम्प पीडित नेपालीहरुलाई राहत र पूनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।
साथै अमेरिकास्थित नेपाली तथा अमेरिकी युवाहरु वीचको सम्बन्धलाई अझ सुमधुर बनाउने उदेश्य रहेको छ ।

आगामी अगस्त २० देखि २२ तारिखमा अमेरिकाको न्युयोर्कमा सम्पन्न हुने कार्यक्रममा सहभागी हुन चाहने सुन्दरीले आफ्नो व्यक्तिगत पहलमा राहत संकलन गर्नुपर्ने प्रावधानलाई प्राथमिकता दिइएको छ ।

यस पटकको प्रतिस्पर्धामा मिस नेपाल युएस एवं मिस नेपाल युएस एम्बेसडर उपाधि विजेताले दश हजार अमेरिकी डलर बराबरको पुरस्कार पाउने आयोजकले जनाएको छ ।

मिस नेपाल युएस २०१५ को फाइनल प्रतियोगिताको संचालन चर्चित अमेरिकी संचारकर्मी किरण क्षेत्रीले गर्नेछन् भने प्रतियोगिताको ग्राण्ड फिनालेमा नेपाल सरकारको प्रधानमन्त्री राहत कोषका सद्भावना दूत समेत रहेकी नेपाली बलिउड अभिनेत्री मनिषा कोइरालाको उपस्थिति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment