Comments Add Comment

फिल्म नपाएपछि कृषक बन्दै गोबिन्दा

govinda

मुम्बई । अभिनेता अमिताभ बच्चनको शैली पछ्याउँदै बलिउड अभिनेता गोबिन्दाले भारतको उत्तर प्रदेशमा खेतीयोग्य जमिन खरीद गरेका छन् । लखनउमा रहेको मोहनलालगञ्ज स्थित राबीखेडा गाउँमा ३० बीघा जमीन खरीद गरेका छन् उनले ।

उक्त जग्गा हेर्नका लागि फिल्मी स्टाईलमै उनी परिवार सहित जग्गा भएको ठाउँमा पुगेका थिए । उनका मेनेजरले जग्गा खरीद गर्न सुझाब दिएपछि जग्गामा मालिक हुने निर्णय गरेका थिए ।

अहिले गोबिन्दाले किनेको जमिन कुनै वेला अण्डरवल्ड डन हाजी मस्तानले किनेका थिए भने केही वर्षपछि उनले गाउँकै किसानलाई दान दिएका थिए । गोबिन्दाले सिधै भने जग्गा किन्न पाएनन् । रामविलास नाम गरेका एक बिचौलीयाले उनलाई जग्गा मिलाइदिएका थिए ।

केही वर्षअघि बाराबंकी जिल्लामा अमिताभ बच्चनले पनि खेतीयोग्य ३५ बीघा जमिन छोरा अभिषेकको नाममा खरीद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment