Comments Add Comment

अभिनेत्री शिल्पाको मृत शरीर नदी किनारमा भेटियो

silp

केरला प्रहरीले केरलाकी प्रसिद्ध टेलिभिजन अभिनेत्री शिल्पाको मृत शरीर भेटेको छ । उनको मृत्यु संदीग्ध भएको भन्दै उनका प्रेमी लिजिनलाई केरला प्रहरीले पक्राउ गरेको छ ।

२३ वर्षीय लिजिन र शिल्पा कुनै वेला राम्रा साथी थिए । प्रहरीले दुई पटक फोन गरेर बोलाउादा पनि लिजिन प्रहरीकोमा नगएपछि तेस्रो पटक प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार मृत्यु हुनु अघि शिल्पा र लिजिन संगै थिए ।

प्रहरीले यो पनि दाबी गरेको छ । शिल्पाको मृत्यु भएको जानकारी पाएपछि लिजन र उसका परिवारका सदस्य फरार थिए । १९ वर्षिय शिल्पाको १८ जुलाईमा मृत्यु भएको हो । उनको शब करामना नदी किनारमा भेटिएको थियो ।

लिजिन पेशाले फोटोग्राफर हुन् । उनी शिल्पासँग निकै नजिक थिए । उनका साथीले दिएको अनुसार मृत्यु अघि शिल्पा र लिजिनको झगडा परेको थियो ।

शिल्पाले मलायम टीभी सिरियल, चन्दनमाझ, सौभाग्यवती, मेघसन्देशम र प्रनयममा अभिनय गरेकी थिईन् । उनले जीतु भाई एना चकलेट, मिनीमोलुड अचन र कालिदास कबिता इझुथुकायनु जस्ता चलचित्रमा पनि अभिनय गरेकी छिन् ।

शिल्पाका परिवारका सदस्यले शिल्पाले आत्महत्या गरेको नभएर अरु कसैले हत्या नै गरेको अनुमान गरेका छन् । मृत्यु हुने अघिल्लो दिन एक साथीको घर गएकी शिल्पा साथीकै घरमा फोन छाडेर गएकी थिईन् । त्यसको भोलिपल्ट उनको शब नदी किनारमा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment