९ साउन, परासी । नवलपरासीको कुडियामा १० वर्षीय बालकलाई बली दिएको खुलेको छ । प्रहरीले पक्राउ गरेकाहरूले बालिकलार्इ बली दिएको स्वीकार गरेका हुन् ।
कोदाइ हरिजनसहितको समूहले नवलपरासीको कुडिया–४ का परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई साउन ५ गते बालकलाई गाउँको मन्दिरनजिक लगेर बली दिएका हुन् । मंगलबारदेखि वेपत्ता भएका बालकको शव दुर्गा मन्दिर नजिकै भेटिएपछि स्थानीयले बालकलार्इ बली दिएको आशंका गरेका थिए ।
प्रहरीले कोदाइ हरिजन, बिरामी भनिएका उनका १८ वर्षका छोरा विजय हरिजन, झाक्री गङ्गा हरिजनसहित ५० वर्षीय रुदल हरिजन र ३२ वर्षीय सूर्यमान हरिजनलार्इ पक्राउ गरेको छ ।
आफ्नो १८ वर्षीय छोरा विजय हरिजन बेलाबेलामा बिरामी हुने गरेको र बालकको बली दिएमा निको हुने धामीको विश्वासमा छिमेकी परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई बली दिएको कोदाइले प्रहरीसमक्ष स्वीकारेका छन् ।
बालक जीवन हरिजनलाई बिस्कुट दिएर पछि अरू पैसा दिने लोभ देखाई गाउँको सिमाना मन्दिरनजिक लगेर तीनजनाले समातेको र कोदईले घरेलु हतियारको प्रयोग गरी बालकको घाँटी रेटेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।

लामा धामी गङ्गा हरिजनले बालकको बली दिएमा छोरा निको हने बारम्बार बताएपछि कोदई हरिजनले छिमेकीको छोरालाई बली चढाएको बताए ।
कोदईले हत्या गर्न सघाउनेलाई ५० हजार दिने भनी वचन दिएको हत्यामा संलग्नले बताएका छन् । बालकलाई बली दिने सबै अभियुक्तलाई पक्राउ गरिएकाले कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।
सोनुको शव भेटिएपछि कोदईकी श्रीमती कान्तिलाई दुई झापड दिएपछि उसैले घटनाको रहस्य खोलेको सोनुका काका लालबहादुर कोहारले बताए। बली चढाएको कुरा खुलासा भएपछि आक्रोसित गाउँलेले आरोपित परिवारको घर तोडफोड र भत्काइदिएका छन् ।
घटनामा संलग्न नभएका परिवारलाई गाउँमा बस्ने वातावरणका लागि पहल गर्न प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले आग्रह गरेका छन् ।
प्रतिक्रिया 4