Comments Add Comment

छिटो-छिटो बजेट खर्च गर्न अर्थमन्त्रीको निर्देशन

Aartha१५ साउन, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले बजेट कार्यान्वयन बर्ष सफल पार्न विभिन्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । शुक्रबार आयोजित अधिकांश मन्त्रालयका सचिवहरु सहभागी कार्यक्रममा मन्त्री महतले निर्देशन दिएका हुन् ।
‘सार्वजनिक खरिद सम्वन्धी ऐन यसै अधिवेशनबाट पारित हुनेछ । अव काम गर्नका लागि कसैलाई पनि कुनै बाहनाबाजी पर्याप्त छैन ।’ अर्थमन्त्रालयबाट साउन १ गतेनै सबै मन्त्रालयहरुमा खर्चको अख्तियारी गैसकेको जानकारी दिँदै मन्त्री महतले भने ।
काम गरेर देखाउन निर्देशन उनले निर्देशन दिए । ‘पुनर्निर्माण प्राधिकरण गठन गर्न ढिलाई भयो भनेर काम नपन्छाउँ । मन्त्रालयले खर्च गर्नेगरी रकम छुट्याइएको छ । त्यतिमात्र होइन, कार्यक्रमको प्राथमिकीकरण, डिजाइन, कार्यविधि निर्माण गर्न कसैले रोकेको छैन ।’ उनले भने ।
सबै दृष्टिबाट बजेट छिटो कार्यान्वयन गर्ने माहोल बनेको उनले जीकीर गरे । आर्थिक बर्षको अन्त्यमाभन्दा बीचतिरै बजेट बढी खर्च गर्ने कार्यतालिका समेत बनेको महतको भनाई थियो ।
गत आर्थिक बर्षको बजेटमा उल्लेख भएका थुप्रै आर्थिक सुधारसँग सम्वन्धित विधेयकहरु संसदमा गैसकेको जानकारी दिए । ती सबै विधेयकहरुलाई छिटोभन्दा छिटो संसदमा पुर्‍याउने व्यवस्था गर्न पनि महतले निर्देशन दिए ।
आर्थिक सुधार कार्यक्रमलाई छिटो अघि बढाउनु आवश्यक रहेको उनले औँल्याए । स्वदेशका उद्योगधन्दाहरुका समस्या समाधान गरी निर्यात बढाउन केन्द्रीय बैंकको तर्फबाट ल्याउनुपर्ने प्रोत्साहनमूलक कार्यक्रमहरु छिटो ल्याउनुपर्नेमा उनको जोड थियो ।
‘उखु कृषकका समस्या, उद्योगीका समस्या, डेरी व्यवसायीका समस्याहरु तत्काल समाधान हुनुपर्छ । उद्योगलाई बचाउनेगरी पुनर्कर्जा सुविधामार्फत प्रोत्साहनका कार्यक्रमहरु छिटो ल्याउनु आवश्यक छ ।’ उनले भने ।
सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दप्रसाद पोखरेलले बजेटलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नका लागि संस्थागत क्षमतामा वृद्धि गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी अर्थसचिव सुमनप्रसाद शर्माले पुनर्निर्माण प्राधिकरण गठनका कामहरु छिटो गरिनुपर्नेमा जोड दिदै काम पूरा गरिएसँगै भुक्तानी तत्काल दिने व्यवस्था पनि हुनुपर्ने उल्लेख गरे ।
बजेट छिटो कार्यान्वयनका लागि गरिएका तयारीबारे जानकारी दिदै यसबर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन खर्चको अख्तियारीदेखि अन्य कामहरुमा अर्थमन्त्रालयले आवश्यक सबै व्यवस्था मिलाएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment