Comments Add Comment

पिएचडी एशोसियसनको अध्यक्षमा डिल्लीराज अर्याल

PHD Association
१७ साउन, काठमाडौैं । नेपाल विद्यावारिधी संघको अध्यक्षमा डा. डिल्लीराज अर्याल चयन भएका छन् । संघको सातौं वाषिर्क साधरणसभाले दुई वर्षे कार्यकालका लागि उनलाई अध्यक्षमा चयन गरेको हो ।

अर्याल यसअघि संघको महासचिव रहेका थिए । संघको उपाध्यक्षमा डा. विष्णु गौतम, महासचिवमा डा. सुशीलबाबु श्रेष्ठ, सचिवमा किरण जोशी, कोषाध्यक्षमा डा. सुमित्रा अमात्य चयन भएका छन् ।

यसैगरी साधारणसभाले सदस्यमा बालचन्द्र मिश्र (निवर्तमान अध्यक्ष), महेन्द्र विष्ट, होम बहादुर बस्नेत, इन्द्र सापकोटा, रामचन्द्र ढकाल र कनैया भक्त माथेमालाई चयन गरेको छ ।

संघको विधानमा निवर्तमान अध्यक्ष स्वतः सदस्य हुने प्रावधान रहेको छ । सदस्यमा चयन भएका महेन्द्र विष्ट नेपाल पत्रकार महासंघका अध्यक्ष हुन् । हाल उनी इमेज च्यानलमा कार्यरत छन् ।

संघमा विभिन्न देशको विश्वविद्यालयबाट विद्यावारिधी गरेका ४ सय भन्दा बढी सदस्यहरु रहेका छन् । अहिले नेपालमा करिव २५ सय जनाले विभिन्न विश्वविद्यालयबाट विद्यावरिधी गरेका संघको अनुमान छ ।

संघमा विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता छ । साधारणसभामा मुलुकलाई आवश्यकता परेको बेलामा आफुसँग भएको विज्ञता प्रस्तुत गर्ने संकल्प गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment