Comments Add Comment

म मेस्सी भएको भए अर्जेन्टिनाका लागि खेल्दिँन थिएँ : मार्टिनो

Messi-with-Martino

२० साउन, काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक जेरार्डो मार्टिनोले आफू लिओनल मेस्सी भएको भए धेरै पहिले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिइसक्ने बताएका छन् ।

विश्वकपसँगै कोपा अमेरिकाको फाइनलमा चुकेपछि मेस्सीको आलोचना भएको छ । पूर्व खेलाडी एवं प्रशिक्षक डिएगो म्याराडोनाले समेत मेस्सी देशका लागि क्लबमा जस्तो नखेलेको टिप्पणी गरेका छन् ।

बार्सिलोनाबाट सबै उपाधि जितिसकेका चार पटकका बालोन डि’ओर विजेता मेस्सीले अर्जेन्टिनाका लागि भने ठूलो उपाधि दिलाउन सकेका छैनन् । विश्वकपको फाइनलमा जर्मनीसँग चुकेको अर्जेन्टिना कोपा अमेरिकामा चिलीसँग स्तब्ध भएको थियो ।

तर, मेस्सीको आलोचनापको प्रतिक्रियामा मार्टिनोले आफू मेस्सी भएको भए यति धेरै आलोचना सहन नसक्ने बताएका छन् । फक्स स्पोट्र्सको ९० मिनेट कार्यक्रममा उनले भने-‘यदि म मेस्सीको स्थानमा भएको भए केही वर्ष पहिले नै अर्जेन्टिनाका लागि खेल्न छोड्थेँ । तर, बार्सिलोनाका लागि भने खेलिरहन्थेँ ।’

पछिल्लो समय मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टीमबाट केही समय ब्रेक लिने चर्चा चलेको छ । कम्तिमा मेक्सिकोसँगको मैत्रिपूर्ण खेलमा मेस्सी अनुपस्थित हुने बताइएको छ ।

तर, मार्टिनोले यसबारे केही भन्न नसक्ने बताए । साथै उनले आफूले मेस्सीलाई टीममा बोलाउने तर, आउनेृ नआउने भन्न नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment