Comments Add Comment

‘किक २’मा सलमान खान दोहोरो भूमिकामा, ज्याकलिन नहुने

salman-and-jaclin
नायक सलमान खान अभिनित गतबर्षको हिट चलचित्र ‘किक’को सिक्वेल बन्ने भएको छ । यो चलचित्रमा नायक सलमान खान दोहोरो भूमिकामा देखिदैछन् ।

सलमान खानले यो चलचित्रको बिषयमा एक पत्रिकासँग कुरा गर्दै आफू दोहोरो भूमिकामा देखिन लागेको खुलाएका हुन् । उनले अहिले चलचित्रको बिषयवस्तु लेख्ने काम भैरहेको बताए । काम सकिएपछि मात्र चलचित्रको छायांकन सुरु हुने सलमानको भनाई छ ।

साजिद नाडियाडवालाले जब स्त्रिmप्ट र पटकथा तयार गर्छन् यसपछि काम सुरु हुने सलमानले बताए । निर्देशक नाडियाडवालाले भने यसपटक कथावस्तु उत्कृष्ट हुने दाबी गरे । अबको ३ महिनाभित्र चलचित्रको काम सुरु हुने नाडियाडवालाको भनाई छ ।

नायक सलमान खान र नायिका ज्याकलिन फर्नान्डेज अभिनित चलचित्र ‘किक’ले २ सय ३२ करोड कमाएको थियो । चलचित्रको सिक्वेलमा भने ज्याकलिन हुने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment