Comments Add Comment

नासाले फलायो अन्तरीक्षमा तरकारी

Nasa

अब सागसब्जी तथा तरकारीको उत्पादन पृथ्वीमा मात्र होइन अन्तरीक्षमा समेत हुने भएको छ । अमेरिकी अन्तरीक्ष संस्था नासाले अन्तरीक्षमा तरकारी फलाएर सबैलाई आश्चर्यमा पारिदिएको छ ।

अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा रहेका अमेरिकी अन्तरीक्ष यात्रीहरुले अन्तरीक्ष स्टेनमा तयार गरिएका विशेष क्याप्सुलभित्रै मुला, केराउ तथा सागसब्जी फलाएका छन् ।

नासाले अन्तरीक्षमा तरकारी फलाउने यो प्रोजेक्टलाई ‘भेजी’ नामाकरण गरेको छ । यस माध्यमबाट अन्तरीक्षमा वनस्पती उमि्रने क्षमता तथा प्रक्रियाको विषयमा अनुसन्धान गरिनेछ । साथै हरियो वनस्पती उमारेर अन्तरीक्षयात्रीको मन बहलाउने तथा तनावमुक्त गराउने प्रयोजन समेत रहेको छ । सन् २००२ देखि निरन्तर अन्तरीक्ष स्टेसनमा वनस्पती उमार्ने काम भैरहेको नासाले जनाएको छ ।

सागसब्जीलाई विशेष रुपले तयार गरिएका क्याप्सुल बक्समा उमार्ने गरिन्छ । साथै विकिरणका साथै गुलाबी, निलो तथा रातो एलइडी प्रकाशको समेत प्रयोग गर्ने गरिएको छ ।  साथै उक्त क्याप्सुलमा बिउ उमार्नका लागि उपयुक्त तापक्रम सेट गर्ने गरिएको छ ।

अन्तरीक्षमा सबैभन्दा पछिल्लो पटक जापानी साग मिजुना उमारिएको छ । त्यसरी अन्तरीक्षमा उमारिएको साग अपि्रलमा पृथ्वीमा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment