Comments Add Comment

मलेसियामा आदिवासी जनजाती दिवस मनाईयो (फोटो फिचरसहित)

aadibasi-1रामचन्द्र नेपाल

क्वालालम्पुर । २१ औ विश्व आदिवासी दिवस तथा दोस्रो क्षेत्रीय अधिवेेशन मलेसियाको जोहोरमा सम्पन्न भएको छ । अधिबेशनले भीम तामाङको अध्यक्षतामा १९ सदस्यीय कार्य समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा गोपाल राना र राज आङदेम्बे, सचिवमा मातृका धिमाल, सहसचिवमा मीना तामाङ, कोषाध्यक्षमा गंगा चाम्लिङ रहेका छन् ।

यसैगरी सदस्यहरुमा रबि लिम्बू, मनित धिमाल, मोतिलाल मोक्तान, हम्बे राई, चन्द्र लिम्बू, अभिषेक किराँती, गङ्गाबहादुर सुनुवार, हरी लिम्बू र बीरजंग तामाङ, किरण नेम्बाङ, धर्म पुन, तुलसीदिप मगर र केन्ऽ तामाङ रहेका छन ।
नेपाल आदिबासी जनजाति महासंघका मलेसिया जोहोर क्षेत्रीय कमिटीका अध्यक्ष भीम तामाङको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ मलेसियाका केन्द्रीय अध्यक्ष सुन्दर आलेमगर, साहित्यकार तथा संघीयबादी नेता ईन्ऽ नारथुङ्गे राई, महासंघका उपाध्यक्षद्वय अमृत थाङ्देन लिम्बू र दीपक तामाङ, पत्रकार रामचन्द्र गिरी लगायतकाले विश्व आदिवासी दिवसको महत्वबारे धारणा राखेका थिए ।

क्षेत्रीय सचिव मातृका धिमालको संचालनमा भएको कार्यक्रममा स्वागत सहसचिव मीना तामाङले गरेकी थिइन् । कार्यक्रम गर्नको लागि हलमा लागेको सम्पूर्ण खर्च गोर्खाली रेष्टुरेण्टका संचालन मोहन राईले सहयोग गरेका थिए ।

aadibasi-3 aadibasi-2 aadibasi-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment