३१ साउन, काठमाडौं । पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा पञ्जाबका गृहमन्त्री शुजा खानजादाको मृत्यु भएको छ ।
गृहमन्त्री खानजादाको राजनीतिक यात्राका क्रममा आक्रमण भएको अधिकारीहरुले बताएका छन् । आक्रमणमा ६ जनाको मृत्यु भएको छ ।
खानजादा चरमपन्थी गुटविरुद्धको अभियानमा सक्रिय छन् र गत पहिनामा मात्र पञ्जाब पुलिसले प्रतिवन्धित संगठन एश्कर ए झांगवीका नेता मारेको घोषणा गरेका थिए ।
रावलपिण्डीका पुलिस अधिकारी फख्र सुल्तान राजाका अनुसार गृहमन्त्री खानजादा बैठक बसिरहेको बेला भएको विस्फोटका कारण घरको छत नै खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4