रामचन्द्र नेपाल
क्वालालम्पुर । अनाम मण्डली मलेसिया र विश्व नेपाली साहित्य महासंघ मलेसियाले गायक तथा संगीतकार नरहरी प्रेमीलाई सम्मान गरेको छ । मलेसिया भ्रमणमा रहेको अवस्थ्ाामा क्वालालम्पुरमा प्रेमिको एकल गायन कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
नेपाल पर्यटन वोर्डको प्रवर्धन तथा श्रृति संगीत विद्यालय काठमाण्डौको प्रस्तुती रहेको कार्यक्रममा प्रेमीले करीव एक दर्जन भन्दा वढि गीत गाएका थिए । विश्व नेपाली साहित्य महासंघ मलेसियाका अध्यक्ष जीवन देवान गाँउलेको अध्यक्षतामा भएको कार्यक्रममा राज अविरल यात्री, श्रीजन श्री, रामचन्द्र गिरी, राम अस्लामीमगर लगायतकाले शुभकामना दिएका थिए ।
प्रेमीले करीव दश वटा चलचित्र पाँचवट भोजपुरी चलचित्रका साथै करीव पाँच सय गीतमा संगित साथै दुई सयको संख्यामा स्वर दिएका छन । उनले शनिवार एकल गायन प्रस्तुत गरेका छन् । मलेसियाको राजधानी क्वालालम्पुरमा उनले करिव २ दर्जन गित गाएर प्रस्तुती दिएका हुन ।
उनको एकल गायन कार्यक्रमको चाजो पाजो भने मलेसिया सक्रिय रहेको २ साहित्यीक संस्थाले मिलाएका थिए । उनको एकल गायन कार्यक्रमको संयोजन गरेका हुन । नवलपरासीका पे्रमी सांगीतीक कार्यक्रमकै लागी मलेसिया आइपुगेका हुन ।
उनले संगीत गरेको गित ‘मेरो वोली सुन्दा तिम्रो मन दुख्छ भने’ गाउदा दर्शकले उनको स्वरको तारिफ गरे । मलेसियामा रहेका नेपालीलाइ संगीतकार प्रेमीले उनले संगीत भरेका अन्य चर्चित गित समेत सुनाए । किन गाली गर्छाै त्यसै तिमीले मुटु टुक्रा पार्यौं लगायतका गित सुनाए ।
दुई हप्ताअघि मलेसिया आइपुगेका उनले जोहरमा आदिवासी जनजाती महासंघको वाषिर्क उत्सवमा पनि गित गाएर सहभागी जनाएका थिए । नेपाली संगीत क्षेत्रमा पछिल्लो समय प्रेमीले संगीत भरेका गीत चर्चित वन्दै आएका छन् । प्रेमीले नै संगीत भरेको एक गीतमा मलेसियामा रोजगारी गरिरहेका गायक मानदेव ताजपुरीयाले स्वर भरेका छन् ।
प्रेमीलाइ सोही कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ मलेसिया र अनाम मण्डली मलेसियाले सम्मान समेत गरेको छ ।
कार्यक्रमको सभापतीत्व गरेका साहित्यकार जीवन देवान गाँउलेले मलेसिया आएका प्रेमीको कार्यक्रम गरेर मलेसियामा भएका संगीतकर्मीमा उर्जा भर्ने काम गरेको वताए । कार्यक्रममा पत्रकार आरसि गिरी,रामचन्द्र नेपाल, साहित्यकार राज अविरल, श्रीजन श्री लगायतले शुभकामना दिएका थिए ।