Comments Add Comment

कुनाल कपुर काठमाडौंमा

kunalकाठमाडौं । बलिउड अभिनेता कुनाल कपुर काठमाडौं आइपुगेका छन् । रङग दे बसन्ती र डन-२ जस्ता चलचित्रमा अभिनय गरेका कुनाल भूकम्पपछि भइरहेको पूर्ननिर्माण अवलोकन गर्न काठमाडौं आएको बताएका छन् ।

अभिनेता सशी कपुरका छोरा कुनालले आफ्नो संलग्नता रहेको संस्था केयरको पूर्ननिर्माण कार्य अवलोकन गर्न नेपाल आएका हुन् । केयरले भूकम्प पीडितको पूर्ननिर्माणका लागि नेपालमा काम गर्दै आएको छ ।

भूकम्प पीडित नेपालीका लागि केही भारतीय कलाकारले सहयोगी हात अघि बढाएका छन् । अभिताभ बच्चनले प्रधानमन्त्री राहत कोषमा नगदै जम्मा गरिदिएका छन् । अन्य केही कलाकारले पनि भूकम्पपीडित नेपालीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment