Comments Add Comment

‘बागमती’मा एक आपसमा भिड्दै राजेश र शिव

rajesh-and-siva
नेपाली चलचित्रका चल्तीका नायकद्धय राजेश हमाल र शिव श्रेष्ठ एक आपसमा भिडन्त गर्दै गरेको अवस्थामा देखिने भएका छन् । छायांकन भएको लामो समयसम्म पनि कुनै दृश्य सार्वजनिक नगरिएको चलचित्र ‘बागमती’को केही तस्बिर बाहिर ल्याइएको छ ।

यसलाई नेपाली चलचित्रकै इतिहासमा सबैभन्दा महंगो लगानी गरिएको चलचित्र भनिएको छ । सन्नी केरलाको लेखन तथा निर्देशन रहेको यो चलचित्रको लगानी २ करोड भन्दा माथिको दाबी निर्माणपक्षको छ । keki-adhikari
ट्री इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा दिनेश दर्शनधारी र विजय सत्यालको लगानी छ । चलचित्रमा दक्षिण भारतीय प्राविधिक र प्रविधी प्रयोग गरिएको छ । चलचित्रमा राजेश हमाल, शिव श्रेष्ठ, कञ्चन ठकुरी, केकी अधिकारी, धु्रव कोइराला लगायतका कलाकारको अभिनय छ ।

चलचित्रलाई भारतका विभिन्न भाषामा डबिङ गरेर प्रदर्शन गरिने दाबी निर्माणपक्षको छ । keki-in-bagmati

rajesh-hamal-in-bagmati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment