Comments Add Comment

सुरजले भने-आत्महत्या गरेकी जियाको म सधै पुजा गर्छु

Jiah Khan-Suraj Pancholi-Pardaphash-85401

मुम्बई । डेब्यु फिल्म ‘हिरो’ रिलिज भएपछि बलिउडमा आफ्नो प्रभाव बढेको हेर्न आतुर थिए नायक सुरज पञ्चोली । झण्डैले जेल जानु परेको थियो ।

प्रेमीका जिया खानले आत्महत्या गरेपछि धेरैले अनुमान गरे । जियाको आत्महत्यको मुल कारण प्रेमी सुरज पञ्चोली नै हो । जियाको आत्महत्या प्रकरणमा जोडिएको भएपनि सुरज आफु निर्दोश रहेको दाबी गर्छन् ।

भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले हमेशा जियाको सम्मान गरेको दाबी गरे । ‘म हरेक समय उनको पूजा गर्छु । मैले उनलाई कस्तो ब्यबहार गर्छु उनलाई मात्रै थाह छ । मैले गल्ति नगरेकै कारण उनले मलाई आजसम्म बचाई रहेकी छिन् ।’ आगामी दिनमा पनि जियाले बचाउने कुरा गरे उनले ।

जियासँग आफ्नो सम्बन्ध पवित्र भएको दाबी गर्ने सुरजले जियालाई जहिल्यै सम्मान गरेको बताए । केही ब्यक्तिले जियाको मृत्युमा आफुलाई जोडेर हेरेकोमा दुःख लागेको बताउँदै उनले आफ्नो स्वभाव चिन्नेहरुले कहिल्यै त्यसो नगरेको दाबी गरे ।

जियाको वारेमा अहिलेसम्म मिडियामा मुख्य सन्दर्भ नआएको धारणा राख्ने उनले भने ‘एक दिन सत्य कुरो सार्वजनिक हुन्छ । अनि थाहा पाउनु हुने छ म कस्तो मान्छे हो भनेर ।’ उनले भने ।

उनले अभिनय गरेको चलचित्र प्रदर्शन भएपछि केही राहत हुने अनुभव गरेका छन् उनले । जियाको मुत्युपछि निकै तनाब भएको थियो उनलाई ।

केही समय मेडिटेशन गरे त, केही समय योग । एक समय त आफ्नै साथीभाईका विचमा खुल्न पनि निकै अप्ठयारो भएको थियो रे । सुरज भन्छन ‘अहिले अलि खुल्न थालेको छु । अब साथीभाइसँग धक नमानी कुरा गर्न सक्छु ।’ उनले भने ।

आफ्ना वारे अझै केही ब्यक्ति नकारात्मक भए जस्तो लाग्छ उनलाई । उनलाई थाह छ । केही दिनपछि ति मान्छेहरु पनि सकारात्मक हुने छन् । किनकी सत्य कुरा के हो एकदिन खुल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment