+
+
Shares

सिराहाको मिर्चैया तनावग्रस्त, मोटरसाइकलमा आगजनी

१ भदौ, लहान । संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपका कारण सोमबार साँझदेखि तनावग्रस्त बनेको सिरहाको मिर्चैयामा अझै प्रदर्शन जारी छ । प्रदर्शनकारीहरुले सडकमा प्रदर्शन जारी राखेका कारण मिर्चैया क्षेत्र अझै शान्त हुन नसकेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १ गते १४:५७

१ भदौ, लहान । संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपका कारण सोमबार साँझदेखि तनावग्रस्त बनेको सिराहाको मिर्चैयामा अझै प्रदर्शन जारी छ । प्रदर्शनकारीहरुले सडकमा प्रदर्शन जारी राखेका कारण मिर्चैया क्षेत्र अझै शान्त हुन नसकेको हो ।

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा-माओवादी र संयुक्त मधेसी मोर्चाको निरन्तरको बन्दका कारण सिराहाको बन्दीपुर, मिर्चैयालगायतका स्थानमा रोकिएका सवारी साधनलाई सोमबार साँझ प्रहरीले सुरक्षा दिँदै गन्तव्यतर्फ पठाउने क्रममा प्रदर्शनकारीहरुले मिर्चैयास्थित घुर्मी खोला नजिक ना ५ ख ४४२९ नम्बरको बसमा आगजनी गरेको थियो ।

प्रदर्शनकारीहरु तोडफोड र आगजनीमा उत्रिएपछि प्रहरीले लाठी चलाएको थियो । त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच ढुंगामुढा सुरु भएको थियो ।

सो क्रममा संघीय समाजवादी फोरम नेपालका सभासद डा. वीरेन्द्रकुमार महतो, तमसपाका रामकुमार मण्डललगायत आधा दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई राति ११ बजेतिर छाडिएको तमसपाका रामकुमार मण्डलले जानकारी दिए ।

प्रहरीले पुनः सुरक्षा दिँदै सवारी साधनलाई पठाउन सक्ने भन्दै बिहानैदेखि प्रदर्शनकारीहरु सडकमै बसिरहेका छन् । बन्दका क्रममा कुनै अपि्रय घटना हुन नदिन व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिए ।

यस्तै, निरन्तरको बन्दका कारण मंगलबार बिहानैदेखि सिराहाको लहान, गोलबजार, धनगढी, बन्दीपुरलगायतका स्थानबाट सञ्चालन हुने यातायातका साधन चलेका छैनन् । बजार पनि बन्द छ ।

मंगलबार बिहान सप्तरीको भारदहमा प्रदर्शनका क्रममा गोली लागेर भारदह-१ का ३५ वर्षीय राजीव राउतको मृत्यु भएपछि आक्रोशित भएका मोर्चा कार्यकर्ताले सप्तरीको राजविराजमा जिल्ला जनस्वास्थ्य कार्यालयको एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

आगजनीबाट मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय झाले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?