+
+
Shares

डोभ नेपालद्वारा ‘साम्बा’को उपचार तथा पुनर्स्थापनाका लागि सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी घुँडाको गम्भीर चोटपछि उपचाररत् छिन्।
  • युनिलिभर नेपाल लिमिटेड अन्तर्गतको डोभले सावित्राको उपचारका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ।
  • डोभलेले भनेको छ, "यो सहयोग उनीमाथि आएका अवरोधलाई पुनरागमनमा रूपान्तरण गर्ने यात्रामा हाम्रो प्रतिबद्धता हो"।

१४ फागुन, काठमाडौं । चोटले खेलाडीलाई केही समय मैदानबाट टाढा राख्न सक्छ, तर त्यसले खेलाडीभित्रको साहस र पुनरागमनको यात्रालाई अझ ठूलो बनाइदिन्छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी अग्रपङ्क्तिकी खेलाडी सावित्रा ‘साम्बा’ भण्डारी गम्भीर घुँडाको चोटपछि अहिले उपचाररत् छिन् ।

उनको स्वास्थ्य लाभको यात्रामा साथ दिन, युनिलिभर नेपाल लिमिटेड अन्तर्गतको डोभले सहयोग प्रदान गरेको छ। नेपाली फुटबलको प्रेरणादायी खेलाडीमध्ये एक साम्बाको समर्पण, संघर्षशीलता र उपलब्धीले देशभरका लाखौंलाई मात्र होइन, नेपाल बाहिरका दर्शकहरूलाई पनि प्रेरित गर्दै आएको छ।

डोभले उनै सावित्राको उपचार तथा पुनर्स्थापनाका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ। ‘यो सहयोग उनीमाथि आएका अवरोधलाई पुनरागमनमा रूपान्तरण गर्ने यात्रामा हाम्रो प्रतिबद्धता हो’ डोभले एक विज्ञप्तिमा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?