+
+
Shares

कपिलवस्तुमा प्रहरीको गोलीबाट पाँच घाइते

१ भदौ, कपिलवस्तु । कपिलवस्तुमा बन्दकर्ताहरुले सरकारी कार्यालय तोडफोड गर्न थालेपछि प्रहरीले गोली चलाउँदा पाँचजना घाइते भएका छन् । आन्दोलनकारीले जिल्लाका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेपछि भीडलाई तितर-बितर पार्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १ गते १६:२४

Kapilbastu-Jhadap

  • कपिलवस्तु झडमा घाइते भएकाहरु

सलमान खान

१ भदौ, कपिलवस्तु । कपिलवस्तुमा बन्दकर्ताहरुले सरकारी कार्यालय तोडफोड गर्न थालेपछि प्रहरीले गोली चलाउँदा पाँचजना घाइते भएका छन् ।

आन्दोलनकारीले जिल्लाका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेपछि भीडलाई तितर-बितर पार्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले भने, ‘मैले प्रहरीलाई गोली चलाउने निर्देशन त दिएको थिएन,’ सिडिओ खाँले अनलाइनखबरसँग भने, ‘तर आन्दोलनकारीहरु प्रहरी माथि जाईलागेपछि प्रहरीले आत्मरक्षाको लागि गोली चलाएको हो । ४ जना आन्दोलनकारीहरुलाई प्रहरीले चलाएको गोलीको छर्रा लागेको छ ।

घटनामा ५५ वर्षीय रसिद खाँ, कपिलवस्तु धर्मपनिया २ का २३ वर्षीय नहिम धुनिया, दोहोनी ४ का ११ वर्षीय रोशन रायदास, कपिलवस्तु नगरपालिका १० का २३ वर्षीय धिरज पाण्डे र परसोहिया ७ का ६३ वर्षीय रामशेवक घाइते भएका छन् ।

धुनियाका दुबै खुट्टामा, रायदासको दायाँ हातमा र पाण्डेको दायाँ तिघ्रामा र पासीको पेटमा गोली लागेको छ । रसिद खाँको टाउकोमा चोट लागेको छ । घाइतेहरुमध्ये रायदास, पाण्डे र पासीलाई उपचारका लागि तौलिहवाबाट भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल सान्सेजमा रिफर गरिएको छ । धुनिया र रसिद खाँको तौलिहवा अस्पतालमा उपचार भैरहेको छ ।

प्रमुख जिल्ला अधिकारी खाँले अनलाइनखबरसँग भने, ‘पहिला आन्दोलनकारीहरुले घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ढुंगा मुढा प्रहार गरेका थिए । उनीहरुले घरेलु कार्यालयको सोफा र मोटरसाइकल कार्यालय बाहिर ल्याइ आगजनी पनि गरेपछि घटना भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?