Comments Add Comment

शिब धनुष उठाउन सक्ने पुरुष चाहियो इन्दिरालाई

indira-joshi

काठमाडौं । ‘रिल लाइफ’मा धेरै पुरुषसँग सम्बन्ध गाँसेपनि रियल लाइफमा अहिलेसम्म पुरुषसँग नाम जोडिएको छैन इन्दिरा जोशीको । शायद त्यही भएर होला उनले पनि यसपाली शिबधनुष उठाउन सक्ने पुरुष चाहियो भनेकी छिन् ।

आधुनिक गायनमा सक्रिय जोशीको तीज गीत भोले बम बम … बजारमा आएको छ । उनले तीजको गीत पहिलो पटक गाएकी हुन् ।

गीतको थिम मन परेकाले गाएको धारणा राख्ने इन्दिराको अहिलेसम्म नगाउनुको पनि स्पष्ट जवाफ छ । ‘मलाई अहिलेसम्म तीजको गीत गाउँ भनेर कसैले प्रस्ताव नै राखेन ।’ तीजको गीत नगाउनुको कारण भनिन् ।

तीज उनलाई निकै मन पर्छ । अरुका तीज गीत हेर्छिन र सुन्छिन् पनि । तर, आजसम्म तीजका लागि भनेर ब्रत बसेकी छैन । ‘हाम्रो परिवारमा ब्रत बस्त बस्नैपर्छ भन्ने छैन त्यसकारण हामी कोही पनि भोकै बस्दैनौं ।’ उनले भनिन् ।

नवलपरासीको परासी बजारले पहिल्यैदेखि गीत संगीतलाई माया गरे जस्तो लाग्छ उनलाई । उनलाई अहिले पनि सम्झना छ । ‘तीजमा महिलाहरु रातो साडी लगाएर गीत भन्दै नाच्थे भने पुरुषहरु मादल बजाएर कार्यक्रमलाई साथ दिन्थे ।

तीज नेपालीकै मौलिक परम्परा हो भन्ने इन्दिरा हरेक पर्वको आफ्नै खालको महत्व हुने धारणा राख्छिन् । स्वाप्नील बरालको शब्द रहेको उक्त गीतमा बसन्त सापकोटाको संगीत रहेको छ भने सरोज वलिले भिडियो निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment