एजेन्सी । अष्ट्रेलियाको मेलबर्नलाई विश्वकै सबैभन्दा बस्नयोग्य शहर ठहर्याइएको छ । इकोनोमिस्ट इन्टलिजेन्स युनिट (इआइयू) ले विश्वका १४० शहरहरुको सर्भेक्षणपछि मेलबर्नलाई एक नम्बरमा राखेको हो ।
सर्भेक्षणमा स्वास्थ्य सेवा, शिक्षा, स्थायित्व, संस्कृति र वातावरण तथा पूर्वाधारका आधारमा शहरहरुलाई श्रेणी विभाजन गरिएको थियो । १०० पूणर्ांक राखेर गरिएको वर्गिकरणमा मेलबर्नले ९७.५ अंक हासिल गरेको छ । अष्ट्रियाको भियना, क्यानाडाको भान्कोउभर, क्यानाडाकै टोरन्टो र अष्ट्रेलियाको एडिलेड क्रमशः दोस्रो, तेस्रो, चौंथो र पाचौं नम्बरमा छन् ।
इआइयूको प्रतिवेदनमा लेखिएको छ, ‘यी शहरहरु आर्थिक सम्पन्नतामा मात्रै अग्रणी नभएर जनघनत्व थोरै, अपराधको दर न्यून र मनोरञ्जनात्मक गतिविधीहरु उच्च भएकाले सुचीमा अगाडि आएका हुन् ।
सुचीको टप १० मा परेकामध्ये सात वटा शहर अष्ट्रेलिया र क्यानाडाका रहेका छन् । संसारमै ख्यातिप्राप्त कतिपय शहरहरु आंतंकवादको त्राश र राजनीतिक अस्थिरताले गर्दा श्रेणीमा तल परेको प्रतिवेदनमा उल्लेख छ ।
पाँच वर्षको अवधिमा सिरियाको राजधानी दमास्कसको बस्नयोग्य वातावरण सबैभन्दा तीव्ररुपमा खस्केको देखिएको छ । सबैभन्दा सुधारिएको शहरका रुपमा जिम्वावेको राजधानी हरारेलाई लिइएको छ । सर्वेइक्षणमा सबैभन्दा बस्न अयोग्य शहरको सुचीमा भने लिबियाको त्रिपोलीलाई एक नम्बरमा राखेको छ ।
उत्कृष्ट ५……………………………………





खराव ५…………………………………………………….





प्रतिक्रिया 4